दीपा रेग्मी । तपाईंलाई मोटोपनले सताएको छ ? जति गरे पनि मोटोपन कम गर्न सक्नु भएको छैन । आधुनिक जीवनशैली तथा खानपानले हाम्रो तौल दिन प्रतिदिन बढिरहेको छ । मोटो शरीरलाई रोगको भकारी पनि भन्ने गरिन्छ ।
मोटोपन घटाउनु वा मोटो हुँदै नहुनु वा मोटोपन व्यवस्थापन गर्नु भनेको शरीरलाई स्लिम बनाउनु मात्र होइन, सम्भावित रोगको जोखिमबाट बच्नु पनि हो । मोटोपनले उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोललगायत मुटुसम्बन्धी रोग जन्माउँछ । यसले स्वासप्रश्वासमा समेत असर गर्छ । मोटाेपनले बाँझोपन पनि ल्याउँदछ ।
मोटोपन किन बढ्छ भन्ने प्रश्नले भन्दा पनि हामीलाई बढी मोटोपन कसरी घटाउने भन्ने कुराले सताइरहेको हुुन्छ । मोटोपन वर्तमान समयको ठूलो चुनौती बनेको छ । अहिलेको जीवनशैलीले मोटोपनलाई बढाव दिइरहेको छ । अथवा हामीले यो पनि भन्न सक्छौ कि मोटोपना अहिलेको टाउको दुखाईको विषय नै बनेको छ ।
ग्लोबल न्युट्रिसनले सार्वजनिक गरेको रिपोर्टले अघिल्लो वर्ष दक्षिण एसियामा मात्र करिब २४ प्रतिशत महिलामा मोटोपनको समस्या देखिएको छ । नेपालमा २२ प्रतिशत महिलालाई मोटोपनले गाँजेको छ । विश्व स्वास्थ्य संगठन भन्छ, ‘विश्वमा करिब एक अर्ब ९ करोड मानिस मोटोपनको शिकार भएका छन्। यसमा बालबालिकाको संख्या पनि उत्तिकै छ । मोटोपन बढ्ने कारणहरु खोतलेर त्यसको सही व्यवस्थापन गर्नु नै मोटोपनबाट छुटकारा पाउने सरल उपाय हुन सक्छ । सहज र सरल तरिकाले मोटाेपन घटाउन सकिने प्रोडक्टहरु बजारमा पाइन्छन् । तर, ती प्रोडक्टहरुले खासै राम्रो काम नगरेको हामी माझ धेरै उदाहरणहरु छन् ।
समिता लकडाउनले गर्दा निकै नै मोटाइकी थिइन् । मोटपनले गर्दा दैनिक कामकाजमा समेत निकै अप्ठ्यारो परेको थियो । तर, उनलाई शारीरिक व्यायाम गर्न पनि अल्छि लागेको थियो । एकदिन उनको मिल्ने साथीले उनलाई जाउलाखेलमा रहेको हेल्दी होमको बारेमा बताइन् । कम समयमा नै तौल घट्छ भने, किन नजाने भन्दै उनले हेल्दी होममा गएर कुरा बुझिन् । त्यसपछि साच्चिकै समिताको एक महिनामा १० केजी तौल घट्यो । अहिले उनि निकै खुसी छन् । समिता जस्तै धेरैले हेल्दी होम क्लिनिकबाट उपचार पाइसकेका छन् ।
विगत १३ वर्षदेखि धेरै मानिसहरुलाई मोटोपनबाट मुक्ति दिलाएको छ, हेल्दीहोम क्लिनिकले । नेपालमा पहिलोपटक नै कोरियन तथा जापनिज नेचुरल थेरापीबाट मोटोपनको उपचार गर्दै आएको हेल्दि होम क्लिनिकले अहिलेसम्म ३० हजारभन्दा बढी ग्राहकलाई सन्तुष्ट पारिसकेको छ । हेल्दी होम डब्ल्यूएचओ र नेपाल सरकारबाट मान्यता प्राप्त क्लिनिक हो । आज हामीले कुरा गरेका छौ हेल्दी होम जाउलाखेलको बारेमा । हेल्दी होम जाउलाखेल चोकबाट कुमारीपाटी जाने बाटोमा, वल्र्डलिंकको अपोजिट साइडमा छ ।
ग्राहकको स्वास्थ्यलाई विशेष ख्याल गर्दै अनुभवी प्राविधिकबाट यस क्लिनिकमा उपचार गरिन्छ । एक महिनामा नै ८ देखि १० केजीसम्म तौल घटाउन सकिने हेल्दी होम जाउलाखेलमा कसरी उपचार हुन्छ त ? भन्ने कुरा हामी जो कोहिलाई पनि लाग्न सक्छ । यसै सन्दर्भमा जाउलाखेलमा रहेको हेल्दी होमका सञ्चालक चुडामणी केसीसँग गरिएको कुराकानीको अधारमा आज हामीले यसको उपचार पद्धतीको बारेमा जानकारी लिएका छौं ।
बिएमआई चेकअप
सबैभन्दा पहिले ग्राहकको बिएमआई चेकअप गरिन्छ । डब्लुएचओ मान्यताअनुसार व्यक्तिको बिएमआई १८ देखि २५ सम्म सामान्य मानिन्छ । शरीरको मोटोपन, दुब्लोपन पत्ता लगाउन बडी कम्पोजिशन एनालाइसिस प्रविधिको माध्यमबाट जाँच गरिन्छ । २५ देखि ३० सम्मको अवस्थालाई अधिकतम मोटोपन मानिन्छ भने, ३० भन्दा माथि ४० सम्मको अवस्थामा अधिक मोटोपनका कारण विभिन्न रोगहरु लाग्ने जोखिमपूर्ण अवस्था मानिन्छ । त्यसैले बिएमआईबाट शरीरमा मोटाेपन कति छ, भनेर पत्ता लगाइन्छ । अनि मात्र उपचार गरिन्छ ।
अल्ट्रासोनिक क्याभिटेशन भ्याकुम एण्ड आरएफ मसाज थेरापी
कोरियामा निर्माण गरिएको डब्ल्यूएचओ, एफडीबाट प्रमाणित मेसिनको प्रयोग गरेर शरीरमा भएको बोसो निकाल्ने गरिन्छ । यो प्रविधिको प्रयोगबाट शरीरका विभिन्न भागमा मसाज गरि शरीरमा रहेको कडाभन्दा कडा बोसोलाई पगालिन्छ र पग्लेको बोसो दिसा, पिसाव तथा पसिनाको माध्यमबाट बाहिर निकालिन्छ । यस उपचार पद्धतिले कुनै किसिमको साइडइफेक्ट गर्दैन । यस प्रविधिको प्रयोगबाट विभिन्न भागको बोसो निकालेर बडी सेप मिलाउने काम पनि गरिन्छ । साथै शरीरको मेटाबोलिजमलाई सन्तुलनमा राख्नुको साथै चाउरीपन हटाउनुको साथै शरीरलाई स्वस्थ्य राख्नको लागि पनि सहयोग गर्छ ।
हिट प्रेसो मसाज थेरापी
मोटाेपन घटाउनको लागि प्रयोग हुने अर्को थेरापी हो, हिट प्रेसर मसाज थेरापी । जसको प्रयोग गरेर शरीरमा पैदा हुने तापद्वारा शरीरमा बढि भएको बोसोलाई पगाल्ने र पगालेको बोसोलाई दिसा पिसाब र पसिनाको माध्यमबाट बहिर निकाल्ने काम गरिन्छ । जुन नितान्त प्राकृतिक प्रकृयाबाट हुने गर्दछ ।
जापनिज इलोक्ट्रो भाइव्रेट मसाज थेरापी
इलोक्ट्रो भाइव्रेट मसाज थेरापीबाट शरीरका विभिन्न भागमा मसाज गरी शरीरमा भएका बोसोलाई पगाल्ने काम गर्छ ।
कुल स्यापिङ्ग थेरापी
यो पनि मोटोपन घटाउन प्रयोग गरिने कोरियन प्रविधि हो । यस प्रविधिमा प्रयोग गरिएको तापक्रम माइनस १० डिग्री सेल्सियसमा रहि शरीरको भित्री भागमा रहेको बोसोलाई जमाउने र जमेको बोसो फुटाउने काम गर्छ । जुन दिसा र पिसाबको माध्यमबाट बाहिर निस्कन्छ । र, तुरुन्त शरीरको वजन घटाउनुको साथै शरीरको सेप मिलाउनलाई पनि मद्दत गर्छ ।
त्यस्तै थेरापी मात्र नभएर हर्वल फाइबर डाइट टिको पनि प्रयोग गरिन्छ । यो टि विशेषगरि विभिन्न प्राकृतिक फलफूल तथा जडीबुटीहरुको मिश्रणबाट तयार गरिएको हो । यसको नियमित प्रयोग गर्न सकियो भने महिनामा २ देखि ३ केजीसम्म तौल घटाउन सकिन्छ ।
Comments are closed.