नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीले ग¥यो आर्थिक सहयोग

पोखरा ।

नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीले विहिबार पोखरा–१० अमरसिंह चोकमा अवस्थित व्यवसायी संघको कार्यालयमा २ जना अपरेटर र हेल्पर का परिवारलाई नगद १ लाख ५० हजारका दरले आर्थिक सहयोग गरेको छ ।

एलाइट कन्ट्रक्सनको मेशिनले पर्वतमा मोटर बाटो बनाउने क्रममा करिब १ वर्ष अगाडि मेशिनमा खरावी आएपछि मेशिन मर्मत गर्ने क्रममा प्युठान झिमरुक गाउपालिकाका महेन्द्र जिसी दुर्घटनामा परि उपचारको क्रममा निधन भएको थियो भने म्याग्दी जिल्ला धवलागिरी गापा –४ खिवाङका शेरबहादुर पुन हिलापोखरीमा मोटर वाटो बनाउने क्रममा क्याड मेशिनलाई ढिस्कोले पुरेर घटनास्थलमै निधन भएको थियो।

jutta mela

निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष सुरेश पोखरलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा हेभि इक्युपमेन्ट व्यवसायी निश्चल पोखरेल विशेष अतिथि रहेका थिए ।

नेपाल हेभि इक्युपमेन्ट अपरेटर संघ कास्कीका अध्यक्ष सुशिल कुमार शर्माले कार्यक्रममा बोल्दै दुर्घटना न्यूनिकरणको लागि हरदम प्रयासका कार्यक्रमहरु ल्याइए पनि कथम कदाचित यस्ता दुःखद् घटनाहरु घटेका छन्। जसले गर्दा परिवारको आर्थिक बोझलाई झन समस्यामा परेको छ ।संस्थाकोे सहयोगले केही मात्रामा भएपनि पीडित परिवारलाई सहयोग पुग्ने अपेक्षा सहित यो सहयोग गरिएको शर्माले बताए ।

संस्थामा रहेका सम्पूर्ण आजिवन सदस्यहरुको दुर्घटना विमा र कोभिड –१९ (कोरोना) विमा गरिएको र संस्थाका नयाँ सदस्य तथा नविकरण भएका सदस्य हरुको प्रतिव्यक्ति ५ लाखका दरले दुर्घटना विमा गरिएको बताए। आगामी दिनमा पनि सम्पूर्ण मेशिन चालक, सहचालक गोलबद्ध भई अगाडि बढेमा आफ्ना समस्यालाई समाधान गर्न सहज हुने अध्यक्ष शर्माले जानकारी दिए ।त्यसैगरी अपरेटर तथा सहचालक हरु हरपल जोखिममा काम गर्नुपर्ने भएको हुँदा अपरेटरहरुको आधिकारीक संस्थामा आवद्ध भई काम गरेमा उनिहरुको समस्यालाई समाधान गर्नको लागि पनि सहज हुने बताए । विभिन्न जिल्लामा रहेका संस्थाहरुले आफ्ना सदस्यहरुलाई एकीकृत गरी उनिहरुको समस्या र समाधानमा जुट्नको लागि शर्माले अनुरोध गरेका छन् ।
नेपाल हेभि इक्युपमेन्ट अपरेटर संघ कास्कीका सचिव उमानाथ आचार्यले कार्यक्रमको सञ्चालन गरेका भने संस्थाका अध्यक्ष सुशिल कुमार वाग्लेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

You might also like

Comments are closed.