सरकारको ध्यान ठुला परियोजनातर्फ केन्द्रित छ

उमाकान्त शर्मा, कार्यवहाक अध्यक्ष, हेभी इक्विपमेन्ट व्यवसायी महासंघ

बिगतका वर्षमा भन्दा अहिले गएको २ वर्ष निर्माण कार्य खासै नभएकाले हेभी इक्विपमेन्ट व्यवसायमा पनि असर परेको छ । हेभी इक्विपमेन्ट व्यवसाय प्रत्यक्ष रुपमा निर्माण कार्यसँग जोडिएको व्यवसाय हो । सरकारको ध्यान ठुला परियोजनातर्फ केन्द्रित छ । राष्ट्रिय गौरवका आयोजनाहरुमा चिनिया र भारतीयहरुले काम गरिरहेको हुनाले उनीहरुलाई इक्विपमेन्टको समस्या छैन । उनीहरुका मेसिन प्रयोग भइरहेका छन् । कहिलेकाही भने उनीहरुले हामीबाट पनि मेसिन भाडामा लिने गरेका छन् । त्यसले व्यवसायीलाई केही राहत भने भएको छ । ठुला ठुला कन्ट्याक्टरले अनिवार्य रुपमा नेपालकै मेसिन प्रयोग गर्नुपर्ने भनेर राष्ट्रिय नीति रह्यो भने हामीलाई सहज हुन्छ ।

निर्माण व्यवसायीलाई समयमा नै रकम भुक्तानी नभएको भनेर निर्माण व्यवसायीले पनि हेभी इक्विपमेन्ट व्यवसायीलाई पैसा नदिएको पनि देखिन्छ । उताबाट नआएको भएपनि हाम्रो चाही निर्माण व्यवसायीले नरोकिदिएको भए हुन्थ्यो । उहाँहरुले आफ्नो भुक्तानी रोकिएको कुरा देखाएर पन्छिन खोजेको जस्तो देखिन्छ । जसले गर्दा हेभी इक्विपमेन्ट व्यवसायीलाई केही समस्या भएको छ । हामीले अध्ययन गर्दा निर्माणका काम भइरहेको, भुक्तानी पाउनेले पाइरहेको जस्तो नै देखिन्छ । भुक्तानी नभएको भए काम गर्न पनि अप्ठ्यारो हुनुपर्ने हो तर काम भइरहेका नै देखिन्छन् ।

हामीले उपभोक्ता समिति, निर्माण व्यवसायीलाई लक्षित ग¥थ्यौं भने अब नेपाली, भारतीय तथा चिनिया ठुला ठुला कम्पनीका निर्माण व्यवसायीलाई इक्विपमेन्ट भाडामा दिनुतर्फ पनि लाग्नुपर्ने देखिन्छ ।

jutta mela

हाम्रो संस्था हेभी इक्विपमेन्ट व्यवसायी महासंघ २०६६ सालमा स्थापना भएको हो । स्थापनाकालमा सदस्यहरु काठमाडौंमा मात्र केन्द्रित थियौं । २०७० देखि मेसिनको बिक्री बढेपछि जिल्लामा रहनुभएकाले पनि मेसिनहरु खरिद गर्न थाल्नुभयो । त्यसपछि बिस्तारै जिल्ला संगठनहरु बिस्तार गर्न थाल्यौं । अहिले ४२ जिल्लामा संगठन छ । ११ जिल्लामा व्यवस्थित रुपले शाखा संचालन भएका छन् । संघहरुको पनि संघ हेभि इक्विपमेन्ट व्यवसायी महासंघ स्थापना भएर काठमाडौंमा यसको कार्यालय छ । करिब ९ हजारभन्दा बढी व्यवसायी हामीसँग जोडिनुभएको छ ।

अहिले व्यवसाय खासै नभएको र पैसा नउठेका कारण कतिपय व्यवसायी पलायन हुने अवस्था आएको छ । हामी अझै व्यवस्थित हुँदैछौं । डाक्टर, इन्जिनियर, जनप्रतिनिधी जसले पनि मेसिन किन्ने गरेको पाइन्थ्यो । अहिले समस्या भएपछि उहाँहरुसँग व्यवसाय छोड्ने वा प्रोफेसनल भएर लाग्ने भन्ने विकल्प छन् । शुद्ध प्रोफेसनल व्यवसायीले मात्र मेसिन राख्ने वातावरण सृजना हुँदैछ भन्ने मलाई लाग्छ । व्यवसायमा आउने समस्या तथा चुनौतीका बारेमा नबुझी नाफा हिसाब गरेर अन्धाधुन्ध रुपमा मेसिन किन्नेहरु अहिले अप्ठ्यारोमा परेका छन् । सधैं व्यवसाय राम्रो हुन्छ भन्ने पनि हुँदैन । अहिले मेसिनको खरिद पनि कम छ । पुराना मेसिनलाई रिप्लेस गर्नुपर्ने समय आएको छ ।

करिब १८ सयदेखि २ हजार करोड लगानी यो व्यवसायमा भइसकेको छ । यो व्यवसायले रोजगारीको सृजना पनि राम्रो गरेको छ । धेरैजनाले रोजगारी पाएको अवस्था छ । पहिला मेसिन भनेको व्याकहो लोडर र स्काभेटर मात्र हुन् भन्ने सोचाई थियो । अहिले विविधीकरण भएको छ । विभिन्न किसिमका क्रेन, पाइलिङ रिङ लगायतका मेसिन भित्रिएका छन् ।

You might also like

Comments are closed.