एभरेष्ट बैंकको वीरगञ्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय आफ्नै भवनबाट सुरु

काठमाडौं । एभरेष्ट बैंकको वीरगञ्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालयको नवनिर्मित भवनबाट सेवा सुरु भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. १०, आदर्शनगरस्थित यस बैंकले आफ्नो वीरगञ्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय सोही नगरको वडा नं. ४ आदर्शनगरमा आफ्नै नव निर्मित भवनमा स्थानान्तरण गरी सेवा सुचारु गरेको छ ।

स्थानान्तरण तथा शुभारम्भ कार्यक्रममा वीरगञ्ज चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष हरी गौतम, बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्य लगायत सो क्षेत्रका उच्च पदस्थ व्यक्ति सहभागी थिए ।

jutta mela

सो कार्यक्रममा बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक पुष्पराज उपे्रतीले नवनिर्मित भवनबाट ग्राहकले अझ बृहत र परिष्कृत बैंकिङ सेवा तथा सुविधा सरल, सुलभ र सहज रुपमा उपभोग गर्न सक्ने बताए ।

पञ्जाब नेशनल बैंक भारतसंग संयुक्त साझेदार रहेको यस बैंक स्थापनाकाल देखि नै ग्राहकको पहिलो रोजाइमा छ । यस बैंकमा हालसम्म करिब १४ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् ।

देशैभरी १२८ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १६४ ए.टि.एम् सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एस्.एम् एस् बैकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले नेपाल सरकारको राजस्व सङ्कलनको लागि ३२ वटा सङ्कलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

 

You might also like

Comments are closed.