तोलामा रु २ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु २ सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु २ सयले वृद्धि भई रु एक लाख ३५ हजार ६ सय पुगेको छ ।

jutta mela

आइतबार छापवाला सुन तोलामा रु एक लाख ३५ हजार ४ सयमा कारोबार भएको थियो ।

महासङ्घका अनुसार तेजावी सुन तोलामा रु एक लाख ३४ हजार ९५० निर्धारण भएको छ । आइतबार तेजाबी सुन तोलामा रु एक लाख ३४ हजार ७५० मा कारोबार भएको थियो ।

चाँदी मूल्य तोलामा रु १६ सय ६० निर्धारण भएको छ । आइतबार चाँदी तोलामा रु १६ सय ४० मा कारोबार भएको थियो । रासस

You might also like

Comments are closed.