क्यान्सर पीडित नेपालीलाई आमा समुहको आर्थिक सहयोग

 

गण्डकी । घाँटीको क्यान्सर पीडित शंकर नेपालीलाई शुभकामना आमा समुहले आर्थिक सहयोग गरेको छ । पोखरा १७ रातोपैह्राका ६५ बर्षीय नेपालीको उपचारार्थ स्थानीय आमा समुहले ११ हजार ६४५ रुपैया आर्थिक सहयोग गरेको हो । नेपालीको निवासमा सोमबार आयोजित एक कार्यक्रममा शुभकामना आमा समुहकी अध्यक्ष हिरादेवी अधिकारीले क्यान्सर पीडित नेपालीकी श्रीमती रत्नकुमारी नेपालीलाई उक्त रकम हस्तान्तरण गरिन् ।

सबैको सहयोगले क्यान्सर जस्तो रोगसंग लडिरहेका नेपालीको उपचारमा सहयोग पुग्ने उदेश्यका साथ समुहले सानो भएपनि सहयोग गरेको उपस्थित आमा समुहको धारणा छ । ज्याला मजदूरी गरेर जिविकोपार्जन गर्दै आएका नेपालीको हाल पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको छ । बन्दाबन्दीसंगै उनले बाँसका बिभिन्न सामग्री बनाएर बिक्री गर्दै आएका थिए ।
कमाउने श्रीमानलाई जटिल रोग लागेपछि अहिलेसम्म उपचार गर्दा तीन लाख रुपैया भन्दा बढी खर्च भई सकेको उनकी श्रीमती रत्नकुमारी नेपालीले दुखेसो सुनाइन् ।

यसअघिको उपचारमा स्वास्थ्य विमा र गाउँपालिकाको सिफारिसमा अस्पतालले केही रकम छुट भएर सुविधा पुगेपनि आगामी दिनमा उपचारको लागि कुनैपनि विकल्प नभएको भन्दै उनले बिभिन्न संघसंस्था एवम् व्यक्तिसंग सहयोगको अपिल गरेकी छन् ।
कोरोना भाइरसको कारण मुलुकमा बन्दाबन्दी भएसंगै श्रीमानले बाँसका चोयाका सामग्री बनाएर बिक्री गर्नु र आफु तरकारी खरिद बिक्री गर्दै आउनुका साथै छोराछोरीले पनि मजदूरी गरेर उनको सिंगो परिवार चल्दै आएको उनले बताइन् ।

You might also like

Comments are closed.