जलविद्युत् आयोजना पुनःनिर्माणपछि सञ्चालन

रुकुमपूर्व । सिस्ने गाउँपालिका–८ धपेमा रहेको जामाखोला लघुजलविद्युत् आयोजना पुनःनिर्माण गरी सञ्चालन गरिएको छ । पहिरोले विद्युत् गृह बगाएर अवरुद्ध भएको दुई वर्षपछि विद्युत् पुनःनिर्माण गरी सञ्चालन गरिएको हो ।

शुरुमा २०७२ माघ २६ गते उद्घाटन गरी सञ्चालन भएको ९० किलावाटको विद्युत् आयोजना करीब चार वर्षसम्म चलेर बन्द भएको थियो । पहिले वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रको रु दुई करोड १३ लाख र जनश्रमदान गरी करीब रु चार लाखमा निर्माण गरिएको विद्युत् २०७५ असोज ५ गते राति आएको पहिराले क्षति गरेपछि अवरुद्ध भएको थियो ।

विद्युत् गृहको माथिबाट आएको पहिराले विद्युत् गृह पूर्णरुपमा क्षति भएपछि त्यसपछिका दुई वर्षको अवधिमा वडा नं ८ का सबै र ७ नं वडाका केही ठाउँका स्थानीयवासीले नेपाल विद्युत् प्राधिकरणको विद्युत् उपभोग गरेका थिए ।

jutta mela

अहिले करीब रु ४० लाखको बजेटमा विद्युत् पुनःनिर्माण गरी सञ्चालन गरिएको रुकुमपूर्व, जामाखोला लघुजलविद्युत् उपभोक्ता समितिका अध्यक्ष बिर्खबहादुर बुढाले जानकारी दिए। उनका अनुसार विद्युत् सेवा सञ्चालन भएपछि केही समय अँध्यारोमा बस्न बाध्य भएका स्थानीयवासीले फेरि बिजुली बाल्न पाएका छन् ।

आयोजनाबाट वडा नं ८ का सबै टोल र साबिकको ७ नम्बर वडाका जनता लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष बुढाले बताउनुभयो । अवरुद्ध विद्युत् सेवा पुनः निर्माण भई सञ्चालनपछि स्थानीयवासी हर्षित भएका छन् ।

You might also like

Comments are closed.