‘जाउलाखेल जुत्ताचप्पल व्यापार मेला’ सुरु, १४ उद्योगको सहभागितामा

काठमाडौं । जाउलाखेल खेल मैदानमा ‘तेस्रो जाउलाखेल जुत्ताचप्पल ब्यापार मेला २०८१’ सुरु भएको छ । सोमबार सुरु भएको मेला एक महिनासम्म चल्नेछ ।

मेलामा नेपालका १४ उद्योगका ३० भन्दा धेरै ब्राण्डका ६ हजार भन्दा धेरै डिजाइन तथा मोडलका जुत्ता चप्पल बिक्री तथा प्रदर्शनीमा राखिएको आयोजकको भनाइ छ । सस्तो मूल्यमा ग्राहकलाई जुत्ता चप्पल उपलब्ध गराउने तथा नेपाली उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित मेला आयोजना गरिएको मेला संयोजक दिवाकर गिरीले जानकारी दिए ।

मेलामा हाइलाइफ, शु ल्याण्ड, बेलि शुज, बोस शुज, आइडल, भेनस, सिल्स, हिमानी, वन वल्र्ड, डि जे कलेक्सन, रन शुज, शिखर शुज, पिजी शुज, ब्याम्बो शुज ब्राण्डका जुत्ता चप्पल बिक्री तथा प्रदर्शनीमा राखिएको छ ।

jutta mela

मेलामा १५ देखि ५० प्रतिशतसम्म छुट उपलब्ध छ । कम्पनीबाट हालसालै उत्पादन भएका नयाँ मोडलका जुत्ता चप्पल पनि मेलामा उपलब्ध रहेको संयोजक गिरीले जानकारी दिए । ३० देखि ३५ हजार जोडी जुत्ताचप्पलको करोबारसहित मेलामा करिब पाँच करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ ।

You might also like

Comments are closed.