काठमाडौं । होमल्याण्ड इन्भेष्टमेन्ट कम्पनीद्वारा बिगत १८ वर्षदेखि सञ्चालित कान्तिपुर मलले ‘कान्तिपुर मल दशैँ तिहार महोत्सव उपहार योजना–२०८०’ ल्याएको छ । नयाँ बसपार्कमा रहेको उक्त मलले नजिकिदै गरेका चाडपर्वलाई लक्षित गरी उपहार योजना ल्याएको हो ।
काठमाडौँ महानगरपालिका वडा नं २६ नयाँ बसपार्कमा सञ्चालित यस मल पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका यात्रुवर्गका लागि रोजाईको केन्द्र बन्दै आएको छ ।
उपहार योजना अन्तर्गत एक हजार भन्दा बढी मूल्यको सामग्री कान्तिपुर मलमा खरिद गर्दा एकवटा उपहार कुपन सित्तैमा पाउन सकिने बताइएको छ ।
उपहार योजनाको नतिजा छठ पर्वपछि मंसीर ११ गते लक्की ड्रमार्फत घोषणा गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
उपहार योजनाअन्तर्गत प्रथम पुरस्कार १५० सीसीको यामाहा मोटरसाइकल, द्वितीय पुरस्कार ११३ सीसीको यामाहा स्कुटर, तृतीय पुरस्कार ३२ इन्चको डिएचआई स्मार्ट एलईडी टिभी, चौँथो पुरस्कार डिएचआई १८५ लिटरको फ्रिज छ । डिसहोम फाइवर नेट पाँच जनालाई र विभिन्न पुरस्कार रहेको महाप्रवन्धक अमर निरौलाले जानकारी दिए ।
नयाँ बसपार्कमा हाल देशभरका ६५ भन्दा बढी जिल्लाका झण्डै ६ सय सार्वजनिक सवारीसाधन दैनिक आवतजावत गर्दै आएका छन् । यस वसपार्कबाट २४ सै घण्टा सार्वजनिक यातायात देशका विभिन्न भागमा आवतजावत गर्दै आएपनि नयाँबसपार्क २४सै घण्टा सञ्चालन हुन सकेको छैन ।
Comments are closed.