काठमाडौं फन भ्यालीमा एकैदिन ३ हजार पर्यटक ! (फोटो फिचर)

भक्तपुर । काठमाडौं फन भ्यालीमा आन्तरिक पर्यटकको आकर्षण देखिएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित पलाँसेमा नयाँ व्यवस्थापनबाट सञ्चालनमा आएको फन भ्यालीमा प्रवेश गरेर रमाउनेहरुको भिड लागेको छ ।

नयाँ वर्षको पहिलो दिन बुधबार फन भ्यालीमा करिब ३ हजार पर्यटक प्रवेश गरेको सञ्चालक दामोदर उपाध्यायले जानकारी दिए । फन भ्यालीमा जल र स्थल गरी ११ प्रकारका खेल गतिविधिमा पर्यटक रमाउन सक्छन् ।

jutta mela

नयाँ वर्षलाई लक्षित गरेर ल्याइएको छुटले पनि धेरैलाई आकर्षण गरेको उपाध्यायले बताए । नयाँ वर्षको अवसरमा फन भ्यालीको काउन्टर टिकटमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । यो अफर वैशाख १५ गतेसम्म जारी रहने सञ्चालक सुजन थापाले जानकारी दिए । लाइभ म्युजिकका साथमा पानीका खेल गतिविधिमा रमाउन चाहनेहरुका लागि काठमाडौं फन भ्याली आकर्षक गन्तव्य बनेको छ ।

फन भ्यालीमा विभिन्न खेलसँगै रेष्टुरेन्टमा पनि खानाका पारखीहरुको भिड लागेको थापाले बताए । ‘गुणस्तरीय खानाका परिकार सस्तो शुल्कमा रेष्टुरेन्टमा उपलब्ध छ,’ थापाले भने । चैत २८ गतेमात्रै उद्घाटन भएको फन भ्यालीमा आगामी दिनमा अझ धेरै पर्यटकको उपस्थिति रहनेमा सञ्चालकहरु विश्वस्त छन् । ‘यहाँ आउने पर्यटकलाई पारिवारिक वातावरणमा आतिथ्यता प्रदान गर्नेछौं,’ थापाले भने ।

You might also like

Comments are closed.