काठमाडौं । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं एपेक्सको सम्पर्क कार्यालयको उद्घाटन भएको छ । क्लबका अध्यक्ष कुमार अधिकारीले शुक्रबार कार्यालयको उद्घाटन गरेका हुन् ।
क्लबको कार्यालय नागर्जुन १ काठमाडौंमा छ । क्लबको नियमित काम कार्यवाही तथा सदस्यहरुको बैठक तथा भेटघाटलाई सहज होस् भन्ने उदेश्यले कार्यालय स्थापना गरिएको अधिकारीले जानकारी दिए । ‘उदाउदो लायन्स मे’बाट समेत सम्मानित क्लबका अध्यक्ष अधिकारीले सम्पर्क कार्यालय स्थापना पश्चात क्लबको सेवा तथा सदस्यलाई सहयोगी हुने बताउछन् ।
कार्यालयका लागि सहजीकरण गर्ने क्लबका कोषाध्यक्ष गणेश बजगाईलाई उक्त अवसरमा सम्मान गरिएको छ । विश्वभर फैलिरहेको कोरोना महामारीका कारण सामाजिक दुरी कायम गरी कार्यक्रम गरिएको अधिकारीले जानकारी दिए । क्लबका इलेक्ट प्रेसिडेट रामकृण्ण डंगोलले कार्यक्रम सञ्चालन गरेका थिए ।
Comments are closed.