काठमाडौं । ‘खल्ती’ ले एन्सेल सँग सहकार्य गर्दै आफ्नो प्रयोगकर्ताका लागि डिजिटल पहुँच विस्तार गरेको छ । यस नयाँ सुविधा अन्तर्गत एन्सेलका सिम भएका प्रयोगकर्ताले ब्यालेन्स सकिदा र डाटा नहुँदा पनि निस्फिक्री खल्ती चलाउन सक्ने भएका छन् ।
निःशुल्क खल्ती एप चल्ने भएका कारण इन्टरनेट पहुँच नपुगेको ग्रामीण भेगका व्यक्तिले पनि डिजिटल सेवा मार्फत सजिलै आफ्नो एन्सेलको रिचार्ज साथै डाटा र भ्वाइस प्याकेज खरिद गर्न सक्नेछन् । यसका सँगसँगै पहुँच भएका प्रयोगकर्तालाई पनि इमर्जेन्सी परेको बखत यो सुविधा धेरै नै उपयोगी ठहरिन सक्छ ।
यस सुविधाले सजिलै डाटा प्याक खरिद गरी इन्टरनेट पहुँच प्रदान गर्दछ भने सो इन्टरनेट मार्फत खल्तीमा रहेका साधा जनजीवनमा प्रयोग हुने बिजुली, खानेपानी, टिभी र अन्य घरेलु सेवा सुविधाको भुक्तानी, रेमिटेन्स, स्क्यान यान्ड पे देखि लिएर मुभी, इभेन्ट, खल्ती क्वीज जस्ता इनोभेटिफ सेवा सम्मको सुविधा प्रयोग गर्ने पाउनेछन् ।
यसका साथै एन्सेल र खल्तीको सहकार्यमा हरेक आइतबार (फागुन २५ र चैत ३) मजेदार उपहारको साथ फायर सेल्स घोषणा गरिएको छ । सो दिनमा खल्तीबाट एन्सेलको डाटा वा भ्वाइस प्याक खरिद गर्ने प्रयोगकर्ताले थप डाटा र भ्वाइस (सबैजना १०० प्रतिशत पक्का), एयर बड (२ जनालाई), एक जोडा फिल्म टिकट (२० जनालाई) र ५ अप्रिलमा हुन गइरहेको जेमसन पाटन फेस्टको भिआइपी टिकट (२ जनालाई) जित्ने मौका पाउनेछन् । खल्तीका युजर हेड रौनक मुखियाले यस सुविधाका बारेमा हरेकलाई जानकारी दिन र अधिकतम लाभ उठाउन हामी सबैलाई आग्रह गरेका छन् ।
आईएसओ २७००१ः २०१३ बाट मान्यता प्राप्त साथै WITSA ग्लोबल इनोभेसन एण्ड टेक एक्सिलेन्स अवार्ड्स २०२२, देशकै सबैभन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवा प्रदायक २०२३, २०२४ (लगातार २ वर्ष) र डिजिटल कारोबारमा पु¥याएको उल्लेखनीय योगदानको उच्च कदरमा नेपाल राष्ट्र बैंकबाट सम्मानित खल्ती आफ्नो सेवाको नवौँ वर्षमा छ । खल्तीमा देशभरिका ५० लाख भन्दा बढी प्रयोगकर्ताहरू, १ लाख + एजेन्ट, ६० हजार + मर्चेन्ट व्यवसायी, ५५+ बैंक तथा वित्तीय संस्था, १५००+ सहकारी र ३००+ कर्मचारी को परिवारमा रूपान्तरण भएको छ ।
सबै नेपालीमा वित्तीय साक्षरता पु¥याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा र इभेन्ट टिकट बुकिङ, बिमा शुल्क, इ–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ ।
Comments are closed.