करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागद्वारा सञ्चालन भइरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ मा सहज रूपमा सहभागी गराउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमार्फत डिजिटल भुक्तानी सुविधालाई कार्यक्रमसँग जोडेको छ ।

कामना सेवा विकास बैंकको मोबाइल बैंकिङमार्फत Merchant QR मा भुक्तानी गर्दा योग्य कारोबार स्वतः लक्की ड्रका लागि समावेश हुने भएकाले ग्राहकले छुट्टै कारोबार दर्ता वा अपलोड गर्नुपर्ने छैन । बैंकका ग्राहकले मोबाइल बैंकिङ एपमार्फत आफ्ना योग्य कारोबारको संख्या तथा विवरण हेर्न सक्नेछन् ।

आन्तरिक राजस्व विभागले कार्यक्रमअन्तर्गत योग्य कारोबारमध्येबाट नियमित लक्की ड्र सञ्चालन गरी प्रत्येक दिन एक जना विजेतालाई कर कट्टीपश्चात रु. १ लाख तथा प्रत्येक १५ दिनमा एक जना बम्पर विजेतालाई रु. १० लाख पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ ।

बैंकले ग्राहकलाई रु. १०० भन्दा बढीको खरिदमा डिजिटल भुक्तानी गर्न, VAT/PAN बिल लिन तथा सुरक्षित राख्न र आफ्नो योग्य कारोबार नियमित रूपमा जाँच गर्न आग्रह गरेको छ ।

You might also like

Comments are closed.