भिगोर सुपर स्पेसियालिटी क्लिनिकमा कामना सेवा विकास बैंकका ग्राहकलाई छुट

काठमाडौं । भिगोर सुपर स्पेसियालिटी क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर प्रालिले कामना सेवा विकास बैंकका कर्मचारी तथा सेवाग्राहीलाई २० प्रतिशत छुट दिने भएको छ ।

कामना सेवा विकास बैंकले महाराजगंज, काठमाडौंस्थित भिगोर सुपर स्पेसियालिटी क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर प्रालिमा सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । बैंकका कर्मचारी र ग्राहकले अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा २० प्रतिशत छुट प्राप्त गर्न सक्ने विषयमा सम्झौता भएको छ ।

स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिसम्म पु¥याउने उद्धेश्यले स्थापित भिगोर सुपर स्पेसियालिटि क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर प्रालिमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

यस सम्झौताबाट बैंकसँग आबद्ध व्यक्तिले राम्रो लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जाल, ७७ एटिएम तथा विभिन्न शाखारहित सेवा केन्द्र मार्फत आफ्नो अत्याधुनिक सेवा सुविधा प्रदान गरिरहेको जनाइएको छ ।

 

You might also like

Comments are closed.