काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको रानीबारीचोकमा जुत्ता मेन्डर सर्भिस बुुथ निर्माण गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै काठमाडौं महानगरपालिका वडा नं. ३ स्थित रानीबारी चोकमा जुुत्ता मेन्डरका लागि बुुथ निर्माण गरिदिएको हो ।
यस क्षेत्रमा अव्यवस्थित रुपमा बस्ने जुत्ता मेण्डरको लागि आफ्नो पेशालाई सहज र व्यवस्थित बनाउन वडा कार्यालयसँगको समन्वयमा जुत्ता मेण्डर सर्भिस बुथ निर्माण गरी हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
बैंकले निर्माण गरेको बुथ रानीबारीमा रहेको जुत्ता मेन्डर उपेन्द्र दासलाई हस्तान्तरण गरिएको छ । काठमाडौं महानगरपालिका ३ का वडा सदस्य सिता थापाले अव्यवस्थित तवरले जुत्ता पालिस तथा मर्मत गर्ने व्यक्तिलाई व्यवस्थित बनाउन बैंकले गरेको सहयोगलाई धन्यवाद दिइन् ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस्ता कार्यले जुत्ता मेन्डरलाई व्यवस्थित स्थान प्रदान गरी उनिहरुको आफ्नो जीविकोपार्जन गर्न सहयोग पुगोस् भन्ने उद्धेश्यले बुुथ निर्माण गरिदिएको बैंकले बताएको छ ।






Comments are closed.