लेउवा संघ र त्रिवेणी कलेजबीच कार्यगत एकता गर्ने सम्झौता

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघ र त्रिवेणी ईन्टरनेशन कलेजबीच कार्यगत एकता गर्ने सहमति भएको छ ।

दुई सस्थाकाबीच सोमवार एक कार्यक्रमका विच कार्यगत एकता गर्ने सहमति पत्रमा हस्ताक्षर गरिएको हो । सहमति पत्रमा संघको तर्फबाट अध्यक्ष वलराम ढकाल र कलेजको तर्फबाट अध्यक्ष सुमनमोहन भटराईले हस्ताक्षर गरेका छन् ।

कलेजमा अध्यानरत विद्यार्थीहरुको प्रयोगात्मक सिकाईका लागि लेखनाथ उद्योग वाणिज्य संघका व्यवसायी प्रतिष्ठानमा पठाउने र संघमा आवद्ध व्यवसायीकालागि आवस्यकपर्ने जनशत्ति कलेजमा अध्यनरत विद्यार्थीहरुलाई पहिलो प्रथामिकता दिनेगरि सहमति भएको हो ।

jutta mela

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले स्थानिय स्तरमा रोजगार सृजना गरि स्वदेशमा नै उद्योग कलकारखाना निर्माण गर्नेतर्फ सोच आउनुपर्ने धारणा राखेका थिए । पोखरा विश्व विद्यालयका पुर्व उपकुलपति प्रा.डा. ईन्द्रप्रसाद तिवारीले दक्ष्य जनशत्ति उत्पादनमा कलेजले व्यवहारीक र प्रयोगात्मक शिक्षालाई ध्यान दिनुपर्ने सुझाव राखेका थिए ।

कलेजका अध्यक्ष सुमनमोहन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष वावुराम गिरी, वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय, द्धितिय उपाध्यक्ष राजेन्द्र ओझा, उप महासचिव उपेन्द्रराज सुबेदी, कोषध्यक्ष जानुका अधिकारी, कलेजका प्रमुख यदुराज आचार्य र प्रध्यापक डिल्लीराम पौडेल लगाएतले बिद्यार्थीले आफनो क्षमताको विकास गर्नपाउने र व्यवसायीले पनि सर्वसुलभ तरिकाले सेवा लिन सक्ने विचार व्यक्त गरे ।

You might also like

Comments are closed.