कँडेल घरदैलो कार्यक्रममा व्यस्त, जनताको उत्साहजनक सहभागिता

कास्की । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त भएका छन् । यतिबेला शहरदेखि गाउँसम्मको माहोल चुनावमय बनेको छ । सरकारले निर्वाचनको मिति मंसिर ४ गतेका लागि तोकेको छ । निर्वाचन आउन अब जम्मा २३ दिन बाँकी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका महामन्त्री माधवप्रसाद कँडेलले पनि चुनावका लागि सक्रियता बढाएका छन् । कँडेलले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कास्की क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका छन् ।

उनले पनि एजेन्डासहित यतिबेला आफ्ना मतदातासँगको भेटघाटलाई तीव्रता दिएका छन् । यसैक्रममा उनले शुक्रबार पोखरा १७ र १५ का विभिन्न ठाउँमा घरदैलो कार्यक्रम गरेका छन् । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारमा साँस्कृतिक तथा देउसी भैलो कार्यक्रममा समेत सरिक भएका नेता कँडेलले आफ्ना मतदाताहरुबाट राम्रै प्रतिक्रिया पाइरहेको बताएका छन् ।

jutta mela

पुराना दलहरुबाट अपेक्षाअनुसार काम नभएको भन्दै जनताले मंसिर ४ गते हुने निर्वाचनमा नयाँ सोच र भिजनसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता प्राप्त भएको कँडेलले जानकारी दिए ।

उत्साहका साथ घरदैलो कार्यक्रम गरिरहेको बताउँदै कँडेलले भने, ‘मतदाताबाट मैले एकदमै राम्रो प्रक्रिया पाइरहेको को छु । अहिले जनताले परिवर्तन आवश्यक छ । अन्य सबै पार्टीहरुलाई हेरियो । अब नयाँ पार्टीलाई हेर्ने हो भन्नु भएको छ ।’

घरदैलो कार्यक्रममा जनताको उत्साहजनक सहभागिता देखिएको बताउँदै कँडेलले सम्पूर्ण शुभेच्छुक एवं शुभचिन्तकहरुमा आभार व्यक्त गरेका छन् ।

You might also like

Comments are closed.