सबैभन्दा राम्रो फिल्टरसिस्टम म्याजिलाइन स्विमिङ पुलमा छः पोखरेल

विपिन पोखरेल, प्रमुख कार्यकारी अधिकृत, म्याजिलाइन स्विमिङ पुल नेपाल

म्याजिलाइन स्विमिङ पुल नेपालले युरोपियन प्रविधिबाट स्विमिङ पुलहरुको डिजाइन तथा निर्माण गर्दै आइरहेको छ । सन् २०१२ बाट सेवा सुरु गरेको कम्पनीले अहिलेसम्म सयभन्दा बढी प्रोजेक्टमा काम गरिसकेको छ । फ्रान्समा उत्पादित म्याजिलाइन कम्पनीको सामानहरु सिधै आयात गरी कम्पनीले स्विमिङ पुल निर्माण गर्दै आइरहेको छ । यसैक्रममा म्याजिलाइन स्विमिङ पुलको विशेषता लगायत विविध विषयमा केन्द्रित रहेर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन पोखरेलसँग आर्थिक आवाजले गरेको कुराकानी यहाँ प्रस्तुत छः

म्याजिलाइन कस्तो कम्पनी हो ?
म्याजिलाइन फ्रान्समा बन्ने पुल हो । यसको लागि आवश्यक सबै सामान फ्रान्सबाट नै आयात हुन्छ । वारेन्टी, ग्यारेन्टी सबै कम्पनीले नै दिन्छ । फिल्टर, मोटर, प्यानल सबै फ्याक्ट्री भित्र नै बन्छ । आरएनडी पनि फ्याक्ट्री भित्र नै हुन्छ । ग्राहकलाई केही समस्या आएमा सिधै फ्याक्ट्रीमा कुरा गर्न सक्छौं ।

नेपालमा म्याजिलाइन कसरी भित्रियो ?
अहिले संसारकै उत्कृष्ट ब्राण्डमा पर्छ म्याजिलाइन । हामीले २०१२ देखि नेपालमा म्याजिलाइन स्विमिङपुल भित्र्याएर काम गरिरहेका छौं । अहिलेसम्म नेपालमा ५ स्थानमा अफिस राखेर बिजनेश विस्तार गरिसकेका छौं । काठमाडौंमा मुख्य कार्यालय छ । विराटनगर, बुटबल, पोखरा र कोहलपुरमा हाम्रो शाखा छन् ।

jutta mela

म्याजिलाइन नै किन छनोट गर्ने ?
पानीको लागि क्वालिटी भएको पानी फिल्टर सिस्टम म्याजिलाइनमा छ । यसले १५ माइक्रोनमा पानी सफा गर्न सहयोग गर्छ । नेपालमा म्याजिलाइनको बिक्रेता अर्वन स्टुडियो मात्र हो । यसले कम विद्युत खपत गर्छ । सफा गर्न सजिलो हुन्छ । केमिकल कम प्रयोग हुन्छ । त्यसकारण पनि म्याजिलाइन पुलको सिस्टम राम्रो छ । अन्य पुल कम्पनीले पनि नेपालमा कारोबार गरिरहेको अवस्था छ । यद्यपि, डिलरको रुपमा हामीले मात्र काम गरिरहेका छौं । त्यसकारण पनि अन्य पुल भन्दा म्याजिलाइन नै किन्न आग्रह गर्दछु ।

बिक्री पछिको सेवा कस्तो छ ?
शुरुवातको समयमा हामीले एफ्टर सेल सर्भिस तत्काल दिन सकेनौं । मुख्य कुरा यातायात समस्याको भयो । अहिले हामीले एफ्टर सेल सर्भिस राम्रो दिन सफल भएका छौं । नेपालका विभिन्न स्थानमा कार्यालय संचालन गरेका छौं । यसले सेवा प्रवाह गर्न सहज भएको छ । १० वर्षको वारेन्टी मध्य कम्पनीबाट ३ वर्षको रिप्लेसमेन्ट ग्यारेन्टी हुन्छ जुन फ्रान्सबाट नै आउँछ । ७ वर्षको फर्दर वारेन्टी हुन्छ । वारेन्टीमा पनि जुन सामान बिग्रेको हो त्यसको मात्र मूल्य पर्छ सर्भिसको काम कम्पनीबाट निःशुल्क गर्छौं ।

ग्राहकबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
ग्राहकको गुनासो अहिलेसम्म खासै छैन । सामानमा समस्या छैन । ग्राहकहरु खुसी हुनुहुन्छ । हामीले सकारात्मक प्रतिक्रिया पाएका छौं । काम गर्दा विभिन्न समस्या आइनै हाल्छन् । नेपालमा सामान बाहिरबाट आयात गर्नुपर्ने हुन्छ त्यसकारण पनि काम ढिलो हुनजान्छ । यस्ता कारणले समय समयमा समस्या आउने गरेका छन् । हामीले सकेसम्म ग्राहकलाई छिटो छरितो सेवा दिने र सामान उपलब्ध गराउने हिसावले बुटबल र काठमाडौंमा वयर हाउस मेन्टेन गर्ने प्लान बनाएका छौं ।

अबको उद्देश्य के छ ?
गुणस्तरीय पुल बनाएर ग्राहकलाई राम्रो सेवा दिने हाम्रो उद्देश्य हो । नयाँ तथा एड्भान्स प्रविधि भित्र्याउने हाम्रो लक्ष्य छ । पुराना तथा बिग्रेका पुल र लिफ्ट छन् भने मर्मत गर्ने तथा नयाँ प्रविधि जडान गर्नेबारे अध्ययन अनुसन्धान गर्ने लक्ष्य छ ।

जनशक्तिको अवस्था कस्तो छ ?
हामीसँग अहिले सिभिल, आर्किटेक्ट लगायत ४ जना इन्जिनियर हुनुहुन्छ । एमविए गरेका २ जना सेल्समा हुनुहुन्छ । सेल्समा ६ जनाको टिम छ । हरेक ब्रान्चमा एक जना सेल्समा र २ जना टेक्निसियन गरी ३ जना स्टाफ हुनुहुन्छ ।

कुनकुन क्षेत्रमा काम गर्नुभएको छ ?
हामीले करिव १ सय भन्दा धेरै पुल बिक्री गरिसकेका छौं । विद्यार्थीलाई ट्रेनिङका लागि पनि स्कुलमा पुल बन्न थालेका छन् । विराटनगर, झापा, काठमाडौं, नेपालगञ्ज लगायतका स्थानका स्कुलमा काम गरिरहेका छौं । विद्यालय, होटल, रिसोर्ट, ट्रेनिङ कम्पनीमा काम गरिसकेका छौं । देशभरको बजारमा हामीले काम गरेका छौं ।

म्याजिलाइन नै किन प्रयोग गर्ने ?
नेपालमा नुनबाट पानी सफा गर्ने सिस्टम भित्र्याएका छौं । आयोनाइज्ड सिस्टम पनि संचालनमा ल्याइरहेका छौं । पुल लाइनर गर्ने हामी एक मात्र कम्पनी हौं । सानो घर, होटल तथा रिसोर्टको लागि लाइन सिस्टम धेरै राम्रो हुन्छ । यसमा एन्टिफंगस, एन्टिएल्गी हुन्छ । रिप्लेसमेन्ट ग्यारेन्टी आउँछ । केमिकलको कम प्रयोग हुन्छ । विभिन्न स्कुल तथा रिर्सोटमा हिटिङसिस्टमको काम पनि गरिरहेका छौं । हिटिङमा एअर सोर्स हिट पम्म प्रयोग हुन्छ जुन युरोपमा नै बनेको हुन्छ । म्याजिलाइनले पनि बनाउँछ । ८० प्रतिशत तातो हावाबाट र २० प्रतिशत विद्युतबाट हुन्छ । यसले गर्दा पुल १२ महिना चल्न सक्छन् ।

पुलसँगै लिफ्टको काम पनि गर्ने भन्नुभयो, कसरी गरिरहनुभएको छ ?
लिफ्ट डिजाइन तथा मर्मतको काम गर्छौ । लिफ्टमा कस्टमाइज गर्न सजिलो छ । माग अनुसार कस्टमाइज गर्छौं । आइएफई इलिभेटर चाइनामा धेरैको रोजाइमा परेको छ । चाइनामा पनि यसको प्रयोग धेरै छ । लिफ्टको लागि हाम्रो टिम छुट्टै छ । नयाँ टेक्नोलोजी छ । अत्याधुनिक प्रविधिको प्रयोग गरी लिफ्ट निर्माणको काम हामीले गर्दै आइरहेका छौं ।

You might also like

Comments are closed.