महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता

काठमाडौं । विश्व साक्षरता दिवसको अवसर पारी महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार विभिन्न सार्वजानिक तथा सामुदायिक शैक्षिक संस्थामा आवश्यक स्तरोन्नती तथा शौचालय निर्माण तथा सुधार गर्न बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आवश्यक समन्वय तथा सहयोग गर्नेछ ।

यसबाट संयुक्त राष्ट्र संघले अख्तियार गरेको दिगो विकास लक्ष्य ‘सफा पानी र सरपसफाईमा सबैको पहँुच’ हासिल गर्न सहयोग पुग्नेछ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाई तथा शौचालय सुविधामा पहुँच अभिवृद्धि गर्ने बैंकको निति अनुरुप प्रभावकारी रुपमा कार्यान्वयन गर्न समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात् गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ । यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहक रहेका छन् ।

You might also like

Comments are closed.