काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (ऋक्च्) अन्तर्गत फुड फर लाइफ नेपालद्वारा धनगढीमा सञ्चालित गर्न लागिएको मिड–डे मील (दिवा भोजन) कार्यक्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
यस कार्यक्रम अन्तरगत आयोजक सामाजिक संंस्थाले केन्द्रीकृत भान्सा (ऋभलतचबष्शिभम प्ष्तअजभल) प्रणाली मार्फत धनगढी स्थित सरकारी विद्यालयहरुमा अध्ययनरत ५ हजार विद्यार्थीलाई स्वच्छ, पौष्टिक तथा सन्तुलित दिवा भोजन उपलब्ध गराउने छ । विशेष गरी आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीको पोषण सुधार, विद्यालयमा नियमित उपस्थिति अभिवृद्धि तथा शिक्षामा निरन्तरताका लागि यस कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने विश्वास बैंकले लिएकोे छ ।
बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा प्रभावकारी कार्यक्रमलाई निरन्तर सहयोग गर्दै आएको छ । बैंकले आगामी दिनमा समेत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजको दिगो विकासमा योगदान पु¥याउने यस्ता कार्यक्रमहरू निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।






Comments are closed.