अटोमोबाइल व्यवसाय देश विकासको प्रतीक हो

मिलनबाबु मल्ल, कोषाध्यक्ष, नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)

नेपाल सरकारलाई सबैभन्दा बढी राजश्वमा योगदान गर्ने व्यावसायिक क्षेत्र अटोमोबाइल व्यवसाय बन्दै आइरहेको छ । सरकारलाई राजश्वमा बढी योगदान गर्ने यही क्षेत्र सरकारकै नीतिगत कमजोरीको मारमा निरन्तर पर्दै आइरहेको छ । यसको ज्वलन्त उदाहरणका रुपमा गत वर्ष आयातमा गरिएको बन्देजलाई लिन सकिन्छ । कोभिड महामारीपछि आफ्नो लयमा फर्कने तरखर गरिरहेको यो क्षेत्रको व्यापारमा आयात रोकेर सरकारले ब्रेक लगाउने काम ग¥यो, जुन कदम गलत हो भन्ने पुष्टि भइसकेको छ । राष्ट्रबैंकले अटो लोन प्रवाहमा गर्ने कडाई, जोखिम भारमा बृद्धि लगायतका कारण पनि व्यवसायमा अस्थिरता ल्याउन योगदान गरिरहेको छ ।

कोभिड महामारीको प्रभावले विश्वभरको अर्थतन्त्रमा नकारात्मक प्रभाव प¥यो । त्यसको प्रत्यक्ष मार नेपालमा पनि नपर्ने कुरै भएन । एकातर्फ कोभिड पछिको प्रभाव र विभिन्न देशहरुबीच भएको द्वन्द्वको कारण अर्थतन्त्र कमजोर बन्दै गयो । नेपालमा त्यसको प्रत्यक्ष प्रभाव परिरहेको नै छ । रोकिएको आयातलाई सहज त बनाइयो तर व्यवसायले अझै पनि आफ्नो पुरानो लयलाई पकड्न सकेको छैन । यही विभिन्न कारणले उतारचढावका बीच नेपालको अटोमोबाइल व्यवसाय अगाडि बढिरहेको छ । विद्युतीय गाडीहरुमा केही आकर्षण देखिएपनि समग्रमा अटोमोबाइल व्यवसायले अझै पनि पुरानै लय पकड्न सकेको अवस्था छैन ।

उच्च शिक्षा तथा विभिन्न बहानामा युवाहरु विदेश पलायन हुने क्रम बढ्दो छ । जुन देशका लागि चिन्ताको विषय हो । प्लस टु उत्तीर्ण गरेका युवाहरु यसरी विदेशिएका छन् कि यहाँका कलेजहरुले विद्यार्थी पाउनसमेत मुस्किल पर्ने अवस्था आइसकेको छ । बाइक तथा स्कुटर चढ्ने युवाहरु विदेश पलायन हुनुको कारणले विशेष गरी टु ह्विलर्स व्यवसायमा नकारात्मक प्रभाव परिरहेको छ । जुन चिन्ता र चासोको विषय हो । यसमा राज्यले विशेष चासो दिनु आवश्यक छ । युवाहरु यसरी धमाधम विदेश पलायन हुँदा देशको भविष्य के हुन्छ त्यसतर्फ सोच्नु पर्छ । नीतिगत सुधार गरी यहाँको शिक्षामा आमूल परिवर्तनसहित युवालाई यहीँ राख्ने र उचित रोजगारीको व्यवस्था गर्न राज्यले ध्यान दिनु आवश्यक छ ।

यही विषम परिस्थितिबीच नाडाको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा बृहत अटो शो सम्पन्न गर्न हामी सफल भएका छौं । नेपालमा आयोजना हुने ठूलो इभेन्टको पहिचान बनाउन सफल अटो शोले अटोमोबाइल व्यवसायमा एक प्रकारको उत्साह ल्याउन सफल भयो । देशको आर्थिक क्षेत्र चलायमान बनाउन पनि सकारात्मक योगदान गरेको छ । त्यो उत्साह व्यावसायिक रुपमा सफल बन्न भने अझै सकेको छैन । आशा गरौं बिस्तारै नेपालको अटोमोबाइल व्यवसायले पुरानै लयलाई समात्नेछ ।

jutta mela

विश्वभरको अटोमोटिभ उद्योगलाई नियाल्दा विद्युतीय सवारीको उत्पादन तथा बजारको माग बढिरहेको छ । नेपालको अटो बजार पनि बिद्युतीय सवारीतर्फ आकर्षित भइरहेको स्पष्ट देख्न सकिन्छ ।

अब अटोमोबाइल व्यवसायीले पनि परिवर्तित समय अनुसार आफ्नो व्यापार व्यवसायलाई परिस्कृत र परिमार्जन गर्न जरुरी छ । प्रतिस्पर्धाको मार्केटमा बजारको मागलाई सम्बोधन गर्दै हामी व्यवसायीहरु पनि अगाडि बढ्नुको विकल्प छैन ।

अटोमोबाइल व्यवसाय देश विकासको एउटा प्रतीक पनि हो । अटोमोबाइललाई राज्यले विलाशिताको बस्तु मान्दै आइरहेको छ, जुन गलत हो । हरेक मानिसका लागि यातायातको साधान आवश्यक भइसकेको छ । त्यसकारण यसलाई विलाशिताको सूचीबाट हटाउन पनि जरुरी छ । धेरै महंगा गाडीलाई विलाशी मान्न सकिएला तर सस्ता र साना सवारी अति आवश्यक साधन भइसकेका छन् ।

अटोमोबाइल व्यवसायका सन्दर्भमा भएका नीतिगत कमिकमजोरी हटाउन नाडा निरन्तर सक्रिय बनिरेको छ । आगामी दिनमा पनि नाडाको यो सक्रियता जारी रहनेछ । नाडामा गत साधारणसभाबाट सर्वसम्मत नयाँ नेतृत्य चयन गर्न हामी सफल भएका छौं । यसले नाडामा एकताको सन्देश पनि दिएको छ । हामी अब एकता बद्ध भएर व्यावसायिक हितमा काम गर्नेछौं ।

You might also like

Comments are closed.