मुक्तिनाथको सत्रौं वार्षिक साधारण सभा सम्पन्न, लाभांश स्वीकृत, सञ्चालक चयन

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.को सत्र्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सम्पनन उक्त साधारण सभाले आ.व. २०७९÷०८० को वार्षिक प्रतिवेदन पारित गरेको छ । सेयरधनीहरुलाई १०.२६ प्रतिशत लाभांश दिने प्रस्ताव समेत स्वीकृत गरेको छ । लाभांश मध्ये ९.७५ प्रतिशत बोनस सेयर र बाँकी ०.५१ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश रहेको छ ।

बंैकका सञ्चालक समिति अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तब्य र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराएका थिए ।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०७९÷०८० को वार्षिक प्रतिवेदन उपर विभिन्न सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु आएका थिए । सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पारे । कार्यक्रममा बैंकका पूर्व अध्यक्ष मीनप्रसाद गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।

वार्षिक साधारण सभाले बैंकको नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, नारायण कुमार श्रेष्ठ, भरत प्रसाद लम्साल, विनोद कुमार शर्मा र सरोजा श्रेष्ठ (कोइराला) सर्वसम्मत चयन गरेको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए ।

साधारणसभाले आ.व. २०८०÷०८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।

You might also like

Comments are closed.

Secret Link