मुक्तिनाथ विकास बैंकका ग्राहकलाई लेमन ट्रि प्रिमियर तथा टेस्ला डाइग्नोस्टिकमा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो ग्राहकलाई थप सेवा दिन काठमाडौंकोे बुढानिलकण्ठमा रहेको “ लेमन ट्रि प्रिमियर बुढानिलकण्ठ होटेल र बालुवाटारमा रहेको “ टेस्ला डाइग्नोस्टिक संग सम्झौता गरेको छ । विभिन्न सेवासुविधामा छुट प्रदान गर्ने गरी बैंक र ति संस्थाबीच व्यवसायिक सम्झौता भएको हो ।

सम्झौता पश्चात बैंकका ग्राहकले यस होटेलमा बसाई तथा खानामा १५% सम्म छुट र स्पामा २० %सम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, टेस्ला डाएगनोस्टीकमा प्याथोलोजी टेस्ट, MRI, X-Ray, डेन्टल OPG, औषधी तथा अन्य धेरै सुविधाहरुमा ५ देखि १० % सम्म छुट प्राप्त गर्न सक्नेछन्। छुटका लागि बैंकका ग्राहकहरुले बैंकको मान्य डेबिट कार्ड/ प्रिभलेज कार्ड पेश गर्नुपर्ने छ वा बैंकको मोबाइल बैंकिङ्ग द्वारा गर्न भुक्तानी गर्नु पर्नेछ ।

बैंकले ग्राहकको आवश्यकता र बदलिँदो बजार परिवेशअनुरूप सरल, सहज तथा प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।  साथै बैंकले विशेष अटो लोन योजना आधार दर + ०.०० प्रतिशतमा ल्याएको छ ।

 

 

You might also like

Comments are closed.