बजगाई डेरीद्वारा मोहीलाई ब्राण्डिङ, सञ्जिबनी मोही बजारमा

पोखरा । बजगाई डेरी उद्योगले मोहीलाई ब्राण्डिङ गरेको छ । पोखरा २६ लेखनाथमा रहेको उद्योगले मोहीलाई ब्राण्डिङ गरी प्याकेजिङ गरेर बजारमा ल्याएको छ । डेरीले पोखरामै पहिलो पटक मोही पास्चराइज गरेर बजारमा ल्याएको सञ्चालक ज्ञानेन्द्र बजगाईले जानकारी दिए । बजगाई डेरीले सञ्जिबनी ब्राण्डमा दूध, दही, घ्यु, नौनी, पनिर बिक्री बितरण गर्दै आइरहेको छ ।

बिगत २६ वर्षदेखि सञ्चालित डेरीले बजार क्षेत्रमा मोहीको महत्व बढाउने तथा ग्राहकको मोही पिउने चाहनलाई पुरा गर्न सञ्जिबनी ब्राण्डमा मोहीलाई प्याकेजिङ गरेको छ । ‘गर्मी मौषममा शितलता प्रदान गर्न मोहीले सहयोग पुर्याउने हामीले विश्वास लिएका छौं,’ उनले भने ।

पोखरासहित कास्कीका विभिन्न शहरका साथै तनहुँको दमौली, भिमाद, खैरेनीटार, दुलेगौंडा लगायतका शहरमा मोही उपलब्ध भइसकेको सन्तोष बजगाईले जानकारी दिए ।

jutta mela

मोही स्वास्थ्यका लागि उपयुक्त पेय पदार्थ हो । क्याल्सियम तथा माइक्रो प्रोटिन र प्रोबायोटिक मोहीमा पाइन्छ । मोहीले पाचन प्रणालीमा पनि सहयोग पुर्याउँछ । रक्तचापलाई कम गर्नका लागि पनि मोही उपयुक्त मानिन्छ । हड्डी तथा दाँतका लागि पनि मोही उपलब्ध हुने भएकाले धेरैको रोजाईमा पर्ने डेरीले विश्वास लिएको छ । ‘पोखरा तथा आसपासका क्षेत्रमा मोही लोकप्रिय हुनेमा हामी विश्वस्त छौं,’ उनले भने, ‘कोशेलीका रुपमा पनि मोही आदान प्रदान सकिन्छ ।’

ग्रामीण क्षेत्रमा लोकप्रिय रहदै आएको मोहीलाई शहरमा चिनाउने अभियानका साथ मोहीलाई ब्राण्डिङ गरिएको बजगाई बताउँछन् । गाउँको स्वादलाई शहरमा पिउन पाउँदा निकै खुसी लागेको पोखराका बृद्ध रनबहादुर थापाले बताए । ‘बिगतमा गाउँमा भैसी पालेर मोही पिउँदा मज्जा आउथ्यो । आजकल स्वाद बिर्सन लागिसकेको थिएँ । डेरीले मोही बजारमा ल्याउँदा खुसी लागेको छ,’ उनले भने ।

पछिल्लो समयमा नेपालमा मोहीलाई प्रवर्द्धन गर्ने अभियान नै सञ्चालन भएको छ । काठमाडौंको दरबारमार्गमा हरेक शनिबार हुने रैथाने हाट बजारमा नेपाल डेरी एसोसिएसनको अगुवाईमा मोही निःशुल्क पिउने व्यवस्थासमेत मिलाइएको छ । दूध, दही तथा मोहीलाई प्रवर्द्धन गरी नेपालमा दूधको खपत बढाउने अभियानमा एसोसिएसन सक्रिय रहेको अध्यक्ष प्रल्हाद दाहाल बताउँछन् ।

You might also like

Comments are closed.