बाँदर र बँदेलको आतंक

सिन्धुपाल्चोक ।  जिल्लाको इन्द्रावती गाउँपालिका– ५ का कृषक बाँदर र बँदेलको आतंकदेखि हैरान भएका छन् । लगाएको बाली दिउँसै बाँदरले खाएर हैरानी खेपिरहेका स्थानीयबासी कुमार आचार्य दुखेसो पोखे ।

उनले भने, “हामी त भोक भोकै मर्ने भयाँै, न राज्यले वास्ता गरेको छ, न बाँदर र बँदेल धपाउनै सकेका छौँ । कसरी घर परिवार धान्ने ?”

किसान पारसनाथ आचार्यको पीडा पनि उस्तै छ । उनले भने “बाँदर र बँदेलकै कारण कृषिबाट पलायन हुने अवस्था नआउँला भन्न सकिदैन, भोकभोकै मरिएला जस्तो छ, परिवार धान्न धौधौ पर्ला जस्तो छ । अब कसरी, कहाँ, के गर्ने अन्योलमा छु । ”

बाँदर र बँदेलको आतंकबाट क्षति बेहोरेका विवरण गाउँपालिकालाई बुझाए पनि सहयोग नआएको पीडितको गुनासो छ । बाँदरबाट पीडित भएर आफू पटकपटक गाउँपालिका धाउँदा पनि कुनै प्रतिक्रिया नआएको उनको भनाइ छ ।

You might also like

Comments are closed.