पोखरा ।
व्यवस्थापन तथा होटल व्यवस्थापन सङ्कायमा छुट्टै पहिचान स्थापित गर्न सफल पोखरा ३ नदीपुरस्थित माउण्ट अन्नपूर्ण मा.वि.मा नबआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै कार्यक्रम भर्चुअल गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरि प्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा १२ कि छात्रा प्राप्ति राज्यलक्ष्मी राणाले स्वागत गरेकी थिईन् । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यालयका एकेडेमिक डाइरेक्टर अशोक कुमार शाहीले विद्यार्थीलाई अबको दुई वर्ष यस विद्यालयमा रहँदा गर्नुपर्ने आत्म अनुशासनका कुराहरू माथि प्रकाश पारे ।
त्यस्तै होटल व्यवस्थापन क्षेत्रको भविष्य र सम्भावनालाई जोड्दै विद्यार्थीहरूलाई सहि मार्गदर्शन दिनका लागि यस क्षेत्रका सिनियर प्रशिक्षक विकास गुरुङको भनाइ छ ।
नवआगन्तुक विद्यार्थीहरूको तर्फबाट कक्षा ११ होटल व्यवस्थापन विषयकी छात्रा सिजल गुरुङले आफ्नोे रोजाइमा ११ र १२ को उचित शैक्षिक गन्तब्य माउण्ट अन्नपूर्ण स्कुल रहेको बताइन् ।
प्रविधिको उच्चतम् प्रयोग आजको आवश्यकता रहेको बताउदै विद्यालयका पूर्वअध्यक्ष चिजकाजी गुरूङले कोरोना महामारीको विषम परिस्थिति सहज नहुँदासम्म आगामी दिनहरूमा अनलाईन शिक्षालाई नै प्राथमिकता दिन आग्रह गरे ।
विद्यालयका प्रशासक प्रदिप पोखरेलले प्राविधिक जिम्मेवारी सम्पन्न गरेका थिए भने कार्यक्रमको सञ्चालन विद्यालयका प्लस टु संयोजक कृष्ण लम्सालले गरेका थिए । कार्यक्रममा विद्यालयका प्राचार्य प्रदिप कुमार लम्सालले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै आगामी शैक्षिक कार्यदिशा प्रस्तुत गरेका थिए ।
Comments are closed.