मुक्तिनाथ विकास बैंकका ग्राहकलाई होटल सबरीनामा छुट

 

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकलाई थप सेवा दिन बुढानिलकण्ठस्थित होटल सबरीनासँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले होटल सबरीनाबाट होटल बसाई, खाना, बेबरेज, बेकरी तथा साउनामा १०% सम्म छुट प्राप्त गर्ने बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न VISA NETWORK  अन्तर्गतको जुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.