नबिललाई ‘बेस्ट बैंक’कोे प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘बेस्ट बैंक अवार्ड’ जितेको छ । बैंकले अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित अवार्ड प्राप्त गरेको हो । भारतको वाणिज्य तथा उद्योग क्षेत्रको अग्रणी संस्था इण्डियन चेम्बर अफ कमर्स (आईसीसी) द्वारा नयाँ दिल्लीमा आयोजित ‘चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवाड्र्स–२०२६’ मा नबिल बैंक वाणिज्य बैंकहरूतर्फ उत्कृष्ट ठहरिँदै सम्मानित भएको हो ।

दक्षिण तथा दक्षिण–पूर्वी एसियाली (बिम्स्टेक) क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूको कार्यसम्पादन मूल्यांकनका आधारमा नबिललाई उक्त पुरस्कार प्रदान गरिएको हो । आईसीसीले नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्डका वाणिज्य बैंकहरूबीच गराएको प्रतिस्पर्धामा नबिलले बाजी मारेको हो ।

संस्थाको वित्तीय सबलता, संस्थागत सुशासन, नवप्रवर्तन, व्यवसाय विस्तार तथा उत्कृष्ट ग्राहक सेवाजस्ता महत्वपूर्ण सूचकहरूलाई आधार बनाएर बैंकको छनोट गरिएको थियो ।

सन् १९२५ मा स्थापित इण्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको यस अन्तर्राष्ट्रिय सम्मानले नबिल बैंकको विश्वसनीयतालाई थप उँचो बनाएको छ । साथै, यस उपलब्धिले समग्र नेपाली बैंकिङ क्षेत्रको साख र अन्तर्राष्ट्रिय छवि मजबुत बनाउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

You might also like

Comments are closed.