नाडाको ४४औं वार्षिक साधारणसभा सम्पन्न (फोटो फिचर)

काठमाडौं । नाडा अटोमोबोइल्स एसोसिएसन अफ नेपाल (नाडा)को ४४ औं वार्षिक साधारणसभा होटल याक एण्ड यति दरबारमार्गमा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा नाडाका केन्द्रीय पदाधिकारी, सदस्य, साधारण सदस्य, नाडा अन्तर्गत प्रदेश एसोसिएसनका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।

नाडाले साधारणसभाको अवसरमा ४ जना ट्राफिक प्रहरीलाई नगदसहित सम्मान गरेको छ । नाडाले वर्षेनी ट्राफिक प्रहरीलाई सम्मान गर्दै आइरहेको छ । यस वर्ष सम्मानित हुने ट्राफिक प्रहरीहरुमा प्रहरी निरीक्षक दामोदर सिलवाल, प्रहरी नायव निरीक्षक जीवलाल खतिवडा, प्रहरी सहायक निरीक्षक शान्तिकला थापा र प्रहरी जवान देवबहादुर खड्का रहेका छन् ।

नाडा अन्तर्गत रहेका सातै प्रदेशका नाडा एसोसिएसनलाई संस्थागत सदस्यता प्रदान गरिएको नाडाका महासचिव सुनिल रिजालले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री नेम्वाङले मुलुकको समृद्धिका लागि भौतिक पूर्वाधारको विकास अनिवार्य भएको बताए । यातायात क्षेत्रलाई व्यवस्थित गर्नका लागि सरकार सक्रिय रहेको उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं नाडाका पूर्व अध्यक्ष शेखर गोल्छाले नेपालको आर्थिक क्षेत्रमा अटोमोबाइल्स क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए । कार्यक्रमको सञ्चालन नाडाका सचिव अनुप बरालले गरेका थिए ।

lcci
You might also like

Comments are closed.