नाडालाई महासंघको उत्कृष्ट बस्तुगत संघको सम्मान

काठमाडौं । अटो व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) सम्मानित भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधरणसभा तथा उद्योग वाणिज्य दिवस २०७७ को अवसरमा शनिबार नाडालाई सम्मान गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाललाई सम्मान गरेका हुन् । महासंघको उत्कृष्ट बस्तुगत संघको रुपमा नाडाले सम्मान प्राप्त गरेको हो ।

व्यापार क्षेत्रमा गरेको उत्कृष्ट कार्य तथा संस्थाका सदस्यहरुको मनोबल बढाउने गरी भएका कामको मूल्यांकन गर्दै महासंघले नाडालाई सम्मान गरेको बताइएको छ । सम्मानले आफूहरु उत्साही भएको नाडाका अध्यक्ष दुलालले बताए ।

‘नाडाले व्यावसायिक क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आइरहेको छ,’ दुलालले भने, ‘निजी क्षेत्रको छाता संस्थाबाट यो सम्मान पाउँदा हामी उत्साही भएका छौं ।’

You might also like

Comments are closed.