काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को औपचारिक घोषणा हुने भएको छ । गत फागुनमै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत दर्ता भएको यो संस्थाको औपचारिक शुभारम्भ वैशाख ३ गते बुधबार हुने तय भएको छ ।
काठमाडौं मेरियट होटलमा दिउँसो २ बजे नाइमाको औपचारिक घोषणा हुने कार्यक्रम तय भएको छ ।
अटोमोबाइल ब्राण्डका चारपाँग्रे र दुईपाँग्रे सवारीको आयातकर्ता र उत्पादकहरु आबद्ध रहने गरी नाइमाको परिकल्पना भएको हो । रितु सिंह बैद्य अध्यक्ष रहेर संस्था दर्ता भएको हो ।
बुधबार आयोजित कार्यक्रमबाट नाइमा स्थापनाको उद्देश्य प्रस्तुत गर्ने तयारी भएको एक सदस्यले जानकारी दिए । ‘नाइमा किन आवश्यक पर्यो र किना दर्ता भयो भनेर प्रश्नहरु आएका छन् । बजारमा आएका सबै प्रश्नको जबाफ हामीले औपचारिक घोषणा कार्यक्रममा दिनेछौं,’ उनले भने ।
नाइमाले तत्कालीन र दीर्घकालीन रणनीतिक योजनाहरुसहितको रोडम्याप नै तय गरेको बताइएको छ । ‘व्यवस्थित सचिवालयसहित अटोमोबाइल क्षेत्रमा काम गर्ने गरी संस्थालाई क्रियाशील बनाउने नाइमाको योजना छ,’ एक सदस्यले भने ।
Comments are closed.