हिमालय टिभी बन्यो एनसेल नेपाल सुपर लिगको प्रसारण साझेदार

काठमाडौं । एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को प्रसारण साझेदारमा हिमालय टिभी साझेदार बनेको छ । नेपालको प्रमुख टेलिभिजन च्यानलहरूमध्ये एक हिमालय टिभीले रोमाञ्चक क्षणहरू सहित सबै लिगका खेलहरूको प्रत्यक्ष प्रसारण गर्नेछ ।

नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएलले राष्ट्रिय फुटबललाई तीव्र गतिमा उचाईमा पुर्याएको छ । यो साझेदारीले नेपाली फुटबललाई दर्शकको अझै नजिक लैजाने र देशभरका एनएसएल प्रशंसकका लागि खेलको अझ रमाइलो बनाउनेछ ।

एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीले यो सहकार्य ठूलो फ्यानबेस सिर्जना गर्न महत्त्वपूर्ण हुने बताए । आधिकारिक प्रसारकको रूपमा हिमालय टिभीले एनसेल एनएसएल सिजन ३ मा उल्लेखनीय क्षणहरू सिर्जना गर्दै नेपाली फुटबलको ऐतिहासिक विकास र जोशलाई लिपिबद्ध गर्नेछ ।

नेपाल सुपर लिगको बारेमा :
नेपाल सुपर लिग (एनएसएल) नेपालको फ्रान्चाइजमा आधारित पहिलो व्यावसायिक फुटबल लिग हो । यसले देशका उत्कृष्ट प्रतिभालाई आकर्षित गर्ने प्रयास गर्दछ । एनएसएलले नेपाली फुटबललाई व्यापक रूपमा प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । जहाँ खेलाडी र टिमहरूसँगै फ्यानहरू पनि मैदानमा उत्रिएर खेल भावनामा रमाउन सक्छन् । लिगले प्रतिस्पर्धात्मकता, सामुहिकताको भावना र समग्रमा नेपाली खेलकुदको विकासलाई बढावा दिन्छ ।

 

You might also like

Comments are closed.