काठमाडौं । चौधरी ग्रुपअन्तर्गत सिजी ब्रुअरीले नेपाली बजारमा नेपाल आइस पिल्स्नर बियर ल्याएको छ ।
‘नेपाल आइस’ ब्राण्डअन्तर्गत पिल्स्नर बियर उत्पादन गरिएको छ । बजारमा उपलब्ध अन्य पिल्स्नर बियरभन्दा यो फरक तथा उत्कृष्ट स्वादमा रहेको दाबी कम्पनीको छ ।
सिजी ब्रुअरीले समय अनुकूल बियर पारखीका लागि फरक तथा उत्कृष्ट स्वादमा बियर उत्पादन गर्दै आएको जनाएको छ । नेपाल आइस पिल्स्नर उपभोक्तामाझ लोकप्रिय तथा प्रथम रोजाइको पिल्स्नर बियर हुनेमा विश्वस्त रहेको कम्पनीको दाबी छ ।
यो बियर ६ सय ५० मिली प्रतिबोत्तल उपभोक्ता मूल्य ३ सय ४० रुपैयाँ र ३ सय ३० मिली प्रतिबोतल उपभोक्ता मूल्य १ सय ७५ रुपैयाँ कायम गरिएको छ ।
Comments are closed.