आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका ग्राहकलाई केयर मेडिकल सेन्टरमा हस्पिटलाईजेशन सेवा

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र केयर मेडिकल सेन्टर प्राइभेट लिमिटेड (जनकपुरको पिडारी चोकमा अवस्थित) बीच सम्झौता भएको छ ।

jutta mela

इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी शरण रेग्मी र मेडिकल सेन्टरका सञ्चालक राहुल सिंघानियाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकले बीमालेखको सीमासम्म मेडिकल सेन्टरबाट नगदरहित हस्पिटलाईजेशन सेवा प्राप्त गर्न सकिने गरी सम्झौता भएको छ ।

इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी रेग्मीले यस सम्झौताले सेवा लिन उत्प्रेरित गर्ने, अस्पताल र अस्पतालसँग आबद्ध सदस्यलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट प्राप्त गर्न सकिने भएकाले ढुक्कले सेवा लिन आग्रह गरेका छन् ।

You might also like

Comments are closed.