आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नोभा हस्पिटल बीच नगदरहित सेवा सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र धनगढीको कैलालीमा रहेको नोभा हस्पिटल बीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा आइजीआई इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख संजीव जोशी र नोभा हस्पिटलका प्रशासन अधिकृत गीता खत्रीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमालेखको सीमासम्म नोभा हस्पिटलबाट नगदरहित हस्पिटलाईजेशस प्राप्त गर्न सकिने छ ।

सोही अवसरमा इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख जोशीले नोभा हस्पिटलले आफ्ना ग्राहकलाई इन्स्योरेन्ससँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगदरहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखेको छ ।

अस्पताल र अस्पतालसँग आवद्ध सदस्यलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने भएकाले ढुक्क भएर सेवा लिन आग्रह गरिएको छ ।

 

 

 

 

 

 

You might also like

Comments are closed.