काठमाडौं । स्थानीय बजारमा सुन मूल्य प्रतितोला रु ९ सयले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु १ लाख ४५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु १ लाख ४४ हजार १ सय निर्धारण भएको छ ।
यस्तै, सोमबार प्रतितोला रु १ लाख ४४ हजार ३ सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु १ लाख ४३ हजार ४ सय निर्धारण भएको छ ।
चाँदीको मूल्य भने तोलामा रु ५ ले घटेको छ । सोमबार प्रतितोला रु १८ सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने रु १८ सय ८५ निर्धारण भएको छ । रासस






Comments are closed.