काठमाडौं । निर्भया फाउण्डेसनद्वारा आयोजित टीभीएस एनटर्क ‘वूमन ईन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’ को विजेता घोषणा भएको छ ।
‘वूमन ईन कन्सर्ट’ अत्यधिक रुचाईएको कार्यक्रम हो, जहाँ महिला गायिका तथा संगीतकारलाई सशक्त बनाइन्छ । यो वर्ष प्रजिना गुरुङले शीर्ष उपाधि हात पारेकी छन् । उनले टीभीएस एनटर्क १२५ सँगै नगद रु १ लाख जितेकी छन् भने निर्भया फाउण्डेसनको वूमन ईन कन्सर्टसँग दुई गीत, एक म्युजिक भिडियो र एक वर्षको सम्झौता गरेकी छन् ।
त्यसैगरी प्रतियोगितामा रिदम राईले दोश्रो स्थान प्राप्त गरेका छन् भने सुजिता डङ्गोल तेश्रो भएकी छन् । वूमन ईन कन्सर्ट २०२४ को शिर्ष प्रायोजक र मुख्य लगानीकर्ताको रूपमा रहेको टीभीएस एनटर्कले उदियमान महिला कलाकारलाई प्रवद्र्धन गर्ने, उनीहरुलाई प्लेटफर्म प्रदान गर्ने समर्थन गर्न प्रतिबद्ध छ । टीभीएस र वूमन ईन कन्सर्टको यो सहकार्यले कम्पनीको संगीतमा महिलाका लागि सुरक्षित ठाउँ र समान अवसरहरू सिर्जना गर्न प्रतिबद्धतालाई जोड दिएको छ ।
रक ब्यान्ड अभया र स्टीम इन्जिनका प्रख्यात गायिका तथा गीतकार अभया सुब्बाद्वारा स्थापना गरिएको वूमन ईन कन्सट, सन् २००३ मा स्थापना भएदेखि नै महिला संगीतकारको लागि काम गर्दै आएको छ । काठमाडौं वल्र्ड स्कुलमा आयोजित यस वर्षको कार्यक्रममा एक हजार भन्दा बढी सहभागीको उत्साहजनक सहभागिता थियो । सबैले संगीतको माध्यमबाट महिला सशक्तिकरणको भावना मनाउन एकसाथ आएका थिए ।
यो ट्यालेन्ट हन्टको दोश्रो संस्करण हो, जहाँ महिला संगीतकार तथा गायिकालाई तीन महिनाको बृहत् प्रशिक्षण दिँदै उनीहरुलाई संगीत उद्योगमा फस्टाउन आवश्यक सीप र आत्मविश्वास प्रदान गरिन्छ । टीभीएसले महिला सशक्तिकरणका पहललाई सधैं समर्थन गर्दै आएको छ र आगामी दिनमा पनि यस्ता पहललाई समर्थन गर्न तत्पर रहेको जनाएको छ ।






Comments are closed.