सुनको मूल्य तोलामा २ सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा २ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु १ लाख ४६ हजार ७ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु १ लाख ४६ हजार ९ सय मूल्य निर्धारण भएको छ ।

यस्तै, आइतबार प्रतितोला रु १ लाख ४६ हजारमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि रु १ लाख ४६ हजार २ सय निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु १० ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु १ हजार ८७५ मा कारोबार भएको चाँदीको मूल्य आज रु १ हजार ८८५ निर्धारण गरिएको छ । रासस

You might also like

Comments are closed.

Secret Link