आई.एम.ई.लाइफ इन्स्योरेन्सलाई केयर–एनपी ट्रिपल बि प्लस रेटिङ

काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर–एनपी ट्रिपल बि प्लस’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार रेटिङले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ ।

कम्पनीले आफ्ना लगानीकर्ता तथा सम्पूर्ण हितकारीको सुरक्षाको निम्ति आफ्ना जोखिमलाई न्युनीकरण गर्दै लगेको समेत यस रेटिङले थप पुष्टि गर्छ । रेटिङ एजेन्सी केयर नेपालले कम्पनीलाई अघिल्लो वर्ष ‘केयर–एनपी ट्रिपल बि’ रेटिङ गरेको थियो ।

आ.व. २०८०/०८१ को अवधिमा आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था तथा कार्य सञ्चालनमा तुलनात्मक रुपमा दिगोपनको वृद्धिका साथै अन्डरराइटिङ कार्य सम्पादन र लगानीबाट आर्जित नाफाका कारण कम्पनीको रेटिङ परिमार्जन भएको हो । कम्पनीले निरन्तर रुपमा बीमा क्षेत्रको औसत खुद मुनाफाको तुलनामा राम्रो वृद्धि दर हासिल गरिरहेको छ ।

रेटिङ एजेन्सीले आ.व. २०८०/८१ मा हकप्रद तथा सार्वजनिक शेयर जारी गरे पश्चातको कम्पनीको Net Worth को वृद्धिलाई पनि मूल्याड्ढन गरेको छ, जसले गर्दा आ.व. २०८०/८१ को अन्त्यमा लगानी आधारमा वृद्धि र वित्तीय स्वस्थतामा सुधार भएको छ । कम्पनीले नियमनकारी निकायले तोकेअनुसार आफ्नो चुक्ता पूँजीलाई ५ अर्ब रुपैयाँ समेत पुर्याएको छ ।

कम्पनीका प्रतिष्ठित संस्थापक शेयरधनी, अनुभवी सञ्चालक समिति तथा व्यवस्थापन समूह, कम्पनीको सम्पत्तिको गुणस्तर, पर्याप्त पुनर्बीमाको व्यवस्था तथा फैलिँदो शाखा सञ्जालमार्फत बढ्दो भौगोलिक पहुँच र पछिल्लो २ आर्थिक वर्ष देखि नै मध्यम स्तरको सुरक्षित कम्पनी भएकै कारण रेटिङ एजेन्सीले परिमार्जित रेटिङ प्रदान गरेको हो । आगामी दिनमा पनि कम्पनीले आफ्ना परिसूचकहरु अझ सशक्त गर्दै लैजाने कुरामा कम्पनी प्रतिबद्ध रहेकोे छ ।

You might also like

Comments are closed.