रियलमी नार्जो ७० प्रो ५जी र रियलमी १२ एक्स जी नेपालमा सार्वजनिक

काठमाडौं । सर्वाधिक विश्वसनीय मोबाईल ब्राण्ड, रियलमीका दुई स्मार्टफोन रियलमी नार्जो ७०प्रो ५जी र रियलमी १२ एक्स ५जी सार्वजनिक भएका छन् । अत्याधुनिक प्रविधि, नवीन सुविधाहरू र स्टाइलिश डिजाइनले गर्दा युवा प्रयोगकर्तामाझ यी स्मार्टफोनले फरक अनुभवको प्रत्याभूति दिनेछ ।

एयर जेस्चर कन्ट्रोल, सोनी आईएमएक्स ८९० क्यामेरा ट्रु फ्ल्यागशिप नाइट फोटोग्राफी चिपसेट र भिसि कुलिङ सिस्टमको साथ जेन जि प्रयोगकर्तालाई आकर्षित गर्ने विश्वास कम्पनीले लिएको छ । कार्यक्रममा रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले रियलमी नार्जो ७० प्रो ५जी र रियलमी १२ एक्स जी नेपाली बजारमा ल्याउन पाउँदा निकै हर्षित भएको बताए । उनले रियलमीका यी फोनले सुपथ मूल्यमै ग्राहकको पहुँच सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धतालाई मूर्त रूप दिन्छ, यी स्मार्टफोले नेपालको उद्योगमा नयाँ आयाम ल्याउने उनी दाबी गर्छन् ।

रियलमी नार्जो ७० प्रो ५जीको उत्कृष्ट क्यामेराः
रियलमी नार्जो ७० प्रो ५जीको आधिकारिक सोनी आईएमएक्स ८९० ओआईएस क्यामेराले यो फोनलाई अरु फोन भन्दा फरक बनाउछ र उत्कृष्ट फोटोग्राफी क्षमता प्रदान गर्दछ । यी बाहेक मास्टरसट एल्गोरिदमले टेलिफोटो क्षमताहरू बढाउँछ, प्रयोगकर्तालाई प्राकृतिक बाहेक इफेक्टको साथ उत्कृष्ट पोट्रेटहरू खिच्न सक्षम बनाउँछ, वस्तुलाई सार्प राख्दै पृष्ठभूमिलाई सुन्दर रूपमा धमिलो पार्छ ।

सर्वोत्कृष्ट दृष्यः
यो फोनमा १२० हर्जको अल्ट्रा स्मूथ एमोल्ड डिस्प्लेको साथमा २००० निटस् लोकल पिक ब्राइटनेसले जिवन्त दृश्य प्रदान गर्दछ । डिस्प्लेको उच्च रिफ्रेस दरले प्रत्येक अन्तक्र्रियालाई रमाइलो बनाउँदै अल्ट्रा–स्मूद स्क्रोलिङ र प्रतिक्रिया प्रदान गर्दछ ।

पावर प्याक्ड प्रदर्शनः
डाइमेन्सीटी ७०५० ५जी चिपसेटद्वारा संचालित रियलमी नार्जो ७० प्रो ५जी ले उत्कृष्ट प्रफर्मेन्स दिन्छ । यो चिपसेटले आधुनिक स्मार्टफोन प्रयोगकर्ताको माग पूरा गर्दै सहज मल्टिटास्किङ, गेमिङ र समग्र प्रणालीको कार्यसम्पादन सुनिश्चित गर्छ ।

शक्तिशाली ब्याट्रीः
५००० एमएएचको शक्तिशाली ब्याट्री र ६७ वाटको सुपरभोक चार्जको साथमा रियलमी नार्जो ७० प्रो ५जी ले लामो समयसम्म चल्ने र द्रुत रिचार्जिङको ग्यारेन्टी दिन्छ । यसले थोरै समय चार्ज गरेर धेरै समयसम्म डिजिटल संसारसँग जोडिन मद्दत गर्दछ ।

आकर्षक डिजाईनः
ग्लास ग्रिन तथा ग्लास गोल्डमा उपलब्ध होराईजन ग्लास डिजाईनले रियलमी नार्जो ७० प्रो ५जी लाई अझ बढि आकर्षक बनाउछ । मनमोहक डिजाइन, टचलेस कन्ट्रोल र एयर जेस्चर जस्ता उन्नत सुविधाहरू यस स्मार्टफोनमा उपलब्ध छ ।

रियलमी १२ एक्स ५ जी, एक उत्कृष्ट ५जी स्मार्टफोनः

सर्वोत्कृष्ट फोटोग्राफीः
रियलमी १२ एक्स ५जीमा भएको ५० एमपीको कलर एआई क्यामेराले सिनेमेटिक पोट्रेट फोटोग्राफी खिच्न सहज बनाउछ र प्रयोगकर्ताले सजिलैसँग उत्कृष्ट तस्विरहरू खिच्न सक्छन् । यो फोनको पछाडि लागेको २ एमपीको क्यामेराले एकदमै राम्रो र सफा फोटोहरु खिच्छ । सेल्फीका लागि, यो फोनले फोटो, भिडियो, पानो, पोट्रेट, नाइट, र टाइम–लेप्स जस्ता विभिन्न फोटोग्राफी प्रकार्यहरू सहितको ८ एमपी इन–डिस्प्ले सेल्फी क्यामेरा प्रदान गर्दछ ।

उत्कृष्ट डिस्प्ले तथा सहज स्क्रोलिङ्गः
रियलमी १२ एक्स ५जीमा ६.७२ ईन्चको १२० हर्ज एफएचडी+ डिस्प्ले छ जसले ९५० निटस् सम्मको ब्राईटनेस प्रदान गर्दछ । यसको चुस्त रिफ्रेस रेटले प्रयोगकर्तालाई सहज स्क्रोलिङ्गको सुविधा दिन्छ ।

टिकाउ ब्याट्रीः
यो फोनमा भएको ५००० एमएएचको ब्याट्रीले ४५ वाटको सुपरभोक चार्जिङ्ग प्रणालीमा काम गर्छ जसले गर्दा थोरै समय चार्ज गर्दा पनि लामो समयसम्म चार्ज टिक्छ । यो फोनको खरिदमा एउटा ४५ वाटको चार्जिङ्ग एडप्टर र टाईप सी यूयसबी पोर्ट पाउन सकिन्छ ।

चलेको डिजाईनः
७.६९ मिलिमिटरको मोटाई र करिब १८८ ग्रामको तौल भएको रियलमी १२ चुस्त ५जी पातलो र एकदमै रुचाईएको डिजाइनमा उपलब्ध छ । यो फोन ट्वाईलाईट पर्पल र वूडल्याण्ड गरी दुई रङ्गहरुमा उपलब्ध छन् । यसका साथै हरेक फोनको खरिदमा ग्राहकहरुले आवश्यक सामानहरु प्राप्त गर्न सक्नेछन् । जस्तै यूएसबी टाईप सी केबल, सिमकार्ड निडल, स्क्रिन प्रोटेक्टर फिल्म, र सुरक्षाको लागि प्रोटेक्टीभ केस ।

उत्कृष्ट प्रदर्शनः
मेडियाक डाईमेन्सीटी ६१००+ ५जी चिपसेटद्वारा संचालित रियलमी १२ एक्स५जीमा अत्याधुनिक ६एनएम टीएसएमसी प्रोसेसर प्रयोग गरिएको हुन्छ । यो चिपसेट र ओक्टा–कोरा सीपीयूको मिश्रणले यो फोनलाई बहुकार्यशाली बनाउछ ।

मूल्य र उपलब्धताः
रियलमी नार्जो ७० प्रो ५जीको बजार मूल्य रु ३३,९९९ रहेको छ भने रियलमी १२ एक्स ५जीको मूल्य रु २४,९९९ रहेको छ । यी दुबै फोनहरु नेपालका सम्पूर्ण आधिकारिक रियलमी बिक्रेताहरु मार्फत उपलब्ध छ ।

 

You might also like

Comments are closed.

Secret Link