ललितपुर । नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक फोन पे ले आफ्नो प्रमुख अभियान “फोन पे डिरेक्टः पैसा पठाऔँ ठाउँ को ठाउँ” को घोषणा गरेको छ । यो अभियानले प्रयोगकर्तालाई मोबाइल नम्बर, खाता नम्बर, र व्यक्तिगत क्यु. आर मार्फत अन्तर बैंक रकम ट्रान्सफर सेवाबारे थप प्रोत्साहन गर्ने लक्ष्य राखेको छ । मोबाइल नम्बरबाट रकम ट्रान्सफर गर्दा तुरुन्त र सुरक्षित हुने, सबै प्रयोगकर्तालाई सजिलो हुनेछ ।
अभियान २ महिनासम्म चल्नेछ । भदौ ३१ मा समाप्त हुने बताइएको छ । अभियानको अन्त्यमा दुईजना भाग्यशाली विजेतालाई iPhone 15 Pro दिने मेगा उपहार योजना छ । मेगा उपहार जित्ने मौका पाउनका लागि प्रयोगकर्ताले फोन पे डिरेक्टबाट पैसा पठाउदा रिमार्क्स सेक्शनमा विशेष प्रमोकोड फोन पे डिरेक्ट राख्नुपर्नेछ । यस अभियान अवधिमा मोबाईल बैंकिङ एप प्रयोग गरेर फोन पे डिरेक्टमार्फत कम्तीमा तीन पटक पैसा ट्रान्सफर गर्नुपर्नेछ ।
फोनपेका चिफ इसट्राटेजी अफिसर सुबोध शर्माले यो अभियानले नेपाली उपभोक्ताका लागि डिजिटल कारोबारलाई अझ पहुँचयोग्य बनाउने हाम्रो प्रतिबद्धतालाई दर्साएको बताएका छन् । फोन पे डिरेक्टलाई तुरुन्त, सुरक्षित र सुविधाजनक रकम ट्रान्सफरको लागि प्रमुख विकल्पको रूपमा स्थापित गर्ने लक्ष्य रहेको उनी बताउँछन् ।
बैंक परिसरबाटै आक्टिभेसनमार्फत फोनपे डिरेक्टबाट एक बैंकबाट अर्को बैंकमा कसरी पैसा पठाउन सकिन्छ भन्ने सिकाइलाई ग्राहकमाझ थप उजागर गर्ने यस अभियानको मुख्य उद्देश्य हो । फोनपेले सँधै आफ्नो ग्राहकको वित्तीय कारोबारको सुरक्षालाई प्राथमिकता दिन्छ । उच्चस्तरको एन्क्रिप्शन र प्रमाणीकरण प्रोटोकलहरू समावेश गरी मोबाइल नम्बर मात्र प्रयोग गरेर सुरक्षित र संरक्षित रकम ट्रान्सफरलाई सुनिश्चित गर्दछ ।
“पैसा पठाऔँ ठाउँ को ठाउँ” अभियानको बारेमा थप जानकारीका लागिः https://fonepay.com/blogs/Fonepay-Direct-Win-iPhone-15-pro






Comments are closed.