सुनको मूल्य तोलामा १ हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १ हजारले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु १ लाख ४४ हजार ७ सयमा कारोबार भएकामा आजका लागि रु १ लाख ४५ हजार ७ सय निर्धारण भएको छ ।

शुक्रबार प्रतितोला रु १ लाख ४४ हजार प्रतितोलामा कारोबार भएको तेजाबी सुन आजका लागि रु १ लाख ४५ हजार निर्धारण भएको छ ।

यसैगरी चाँदीको मूल्य आज तोलामा रु १० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु १७ सय ३० मा कारोबार भएको चाँदी आजका लागि रु १७ सय ४० निर्धारण भएको छ ।

 

You might also like

Comments are closed.

Secret Link