काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले नेपालमा आफ्नो सबैभन्दा नयाँ एन्ट्री लेभल स्मार्टफोन रियलमी सी ६१ सार्वजनिक गरेको छ । रियलमी सी ६१ ले यसको ६ आरमोरसेल टफ बिल्ड, ईमप्याक्ट एवजर्बसन र व्यापक सुरक्षा सेटिङ्गको साथ नयाँ मानक सेट गर्दछ ।
४८ महिनाको फ्लुएन्सी (४ वर्षको ल्याग फ्री प्रयोगको ग्यारेन्टी) भएकाले प्रयोगकर्ताले अब ४ वर्षसम्म नयाँ फोन चलाएको अनुभव गर्न सक्नेछन् । यो सुविधा यो मूल्यमा आउने स्मार्टफोनमध्ये सबैभन्दा उत्कृष्ट हो । रियलमीको भारत र नेपालको हेड अफ स्ट्राटिजी मुनिस गिरीले रियलमीमा हाम्रो लक्ष्य भनेको प्रयोगकर्तालाई असाधारण मूल्यमा उत्कृष्ट फिचर भएको स्मार्टफोन प्रदान गर्नु र रियलमी सी ६१ यसै प्रतिबद्धताको प्रमाण रहेको बताए ।
“हामीले सी ६१ लाई दैनिक जीवनमा आइपर्ने आकस्मिक घटनाहरु सामना गर्न सक्षम हुने तरिकाले डिजाइन गरेका छाँै, धातु, फोमदेखि सिलिकन लगायतका विभिन्न ८ प्रकारका सुरक्षा कवचहरु प्रयोग गरिएर बनाइएको यो फोनले एन्ट्री लेबल सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउनेछ” उनले भने ।
टिकाउपन
रियलमी सी ६१ इन्टिग्रेटेड मेटालिक फ्रेम, रिइन्फोर्समेन्ट ग्लास, र आईपी ५४ डस्ट र वाटर रेसिस्ट्यान्स सहित आउँछ । दैनिक जीवनमा आइपर्न सक्ने अप्रत्याशित क्षणहरू सामना गर्न इन्जिनियर गरिएको रियलमी सी ६१ ले टिकाउपन र विश्वसनियता सुनिश्चित गर्दछ । बेन्ड, ड्रप र स्क्य्राच रेसिस्ट्यान्ट भएकाले यो फोन अरु प्रतिस्पर्धीहरु भन्दा उत्कृष्ट छ । आरमोरसेल प्रोटेक्शन र टीयुभी रेनल्याण्ड हाइ रिलायबिलिटिको प्रमाणपत्रले यसको उत्कृष्ट गुणस्तर निर्माणलाई थप प्रमाणित गर्दछ ।
रियलमी सी ६१ ले १० लाख वटा बटन प्रेस परीक्षण, ४० हजार वटा युसबी प्लग तथा अनप्लग परीक्षण र १४ हजार वटा माइक्रो ड्रप परीक्षणसहित ३२० भन्दा धेरै कडा गुणस्तर परीक्षणहरू पार गरेको छ । यी परिक्षणले वर्षौंको प्रयोगसम्म पनि फोनको विश्वसनीयता र टिकाउपन सुनिश्चित गर्दछन् ।
प्रोसेसर
रियलमी सी ६१ शक्तिशाली अक्टा–कोर चिपसेटद्वारा सञ्चालित छ, जुन यो मूल्यको सबैभन्दा शक्तिशाली चिपसेट हो । यो चिपसेटले सहज गेमिङ पर्फमेन्स र चुस्त मल्टिटास्किङ सुनिश्चित गर्दछ । पावर प्याक युनिसोक टी ६१२ चिपसेटले पनि गेमिङलाई सहज बनाउनुका साथै एपहरु पनि छिटो खुल्छन् । २ लाख ५२ हजार ५९७ को प्रभावशाली एन्टुटु स्कोर र १.९ गिगाहर्जको हाइ क्लक स्पिडले रियलमी सी ६१ को उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्दछ ।
उत्कृष्ट तस्विरहरु सहज रुपमा
३२ एमपीको सुपर क्लियर क्यामेरा रहेको रियलमी सी ६१ ले उत्कृष्ट शटहरू खिच्न सजिलो बनाउँछ । एड्भान्स्ड फोटोग्राफी एल्गोरिदमले प्रयोगकर्तालाई अझ सटीक र जिवन्त रङहरू निकाल्न सक्षम बनाउँछ । यो फिचरले गर्दा रियलमी सी ६१ लाई यो सेग्मेन्टको सबैभन्दा उत्कृष्ट फोन बनाएको छ । त्यसैगरी, नाइट मोडले रातको समयमा फोटो खिच्न पनि अझ सजिलो बनाउँछ र अँध्यारो समयमा पनि डिटेल्स र सार्पनेस कायम रहन्छ । ४–इन–१ पिक्सेल बिनिङ टेक्नोलोजी र एड्भान्स्ड सेन्सर हार्डवेयर भएकाले ४ वटा पिक्सेललाई एउटै बनाएर ठुलो बनाउन सकिन्छ ।
दिनभरी टिक्ने ब्याट्री
५ हजार एमएएचको शक्तिशाली ब्याट्री भएको रियलमी सी ६१मा सिंगल चार्जमा ३० घण्टा भन्दा बढी भ्वाइस कल गर्न सकिन्छ । साथै १ हजार चोटी चार्ज गर्दा पनि ब्याट्रीको गुणस्तर ८० प्रतिशतसम्म कायम रहन्छ ।
स्लिक डिजाईन र चलाउन सहज
७.८४ एमएमको स्लिम बडी भएको रियलमी सी ६१ चलाउन पनि उत्तिकै सहज छ । यसको ९० हर्जको आइ कम्फर्ट डिस्प्लेले स्पष्ट र लिक्विड स्मूथ डिस्प्ले सुनिश्चित गर्दछ । यो फिचर पनि यो मूल्यमा पाउने स्मार्टफोनमध्ये सबैभन्दा उत्कृष्ट हो । रियलमी सी ६१ मा ६+६ जीबी सम्मको डाइनामिक ¥याम छ, जसले स्विफ्ट र रेस्पोन्सिभ मल्टिटास्किङ सुनिश्चित गर्दछ । साथै यसको ९० हर्जको उच्च रिफ्रेस रेट र १८० हर्जको टच स्याम्प्लिङ्ग रेटले लिक्विड स्मूथ भिजुअल र एक रेस्पोन्सिव डिस्प्ले प्रदान गर्दछ । रेनवाटर स्मार्ट टच भएको हुँदा रियलमी सी ६१ भिजेको हातले छुँदा पनि राम्रो सँग चलाउन सकिन्छ ।
नौलो युजर इन्टरफेस
नयाँ मिनी क्याप्सुल २.० ले प्रयोगकर्तालाई सिमलेस कन्ट्रोल र नेक्स्ट लेभल अन्तक्र्रिया प्रदान गर्दै सूचनासँग प्रत्यक्ष अन्तक्र्रिया गर्न सहज बनाउछ । जसले जेन जी प्रयोगकर्ताको मन जित्ने विश्वास कम्पनिले लिएको छ । रियलमीको इण्टुइटिभ यू आइ पनि भएकाले रियलमी सी ६१ ले रमाइलो र सिमलेस अनुभव प्रदान गर्दछ ।
मुल्य र उपलब्धता
रियलमी सी ६१ दराज र नेपालभरका सम्पूर्ण आधिकारिक रिटेलर्सहरुमा उपलब्ध छ । रियलमी सी ६१ को ४ जीबी प्लस ६४ जीबी भेरियन्टको लागि १३ हजार ४९९ र ६ प्लस १२८ जीबी भेरियन्टको लागि १६ हजार ४९९ रुपैयाँ राखिएको छ । रियलमी सी ६१ मार्बल ब्ल्याक र सफारी ग्रीन जस्ता आकर्षक रंगहरूमा उपलब्ध छ ।






Comments are closed.