काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तय गरिएको मूल्य अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ९ सय पुगेको छ ।
यही साउन २ गते सुनको मूल्य प्रतितोला रु १ लाख ४९ हजार ८ सय बराबर पुगेको थियो । यस आधारमा साउन २ गतेको तुलनामा आज रु १ सयले वृद्धि भएको हो । बिहीबार भने प्रतितोला रु १ लाख ४९ हजार ४ सयमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य बिहीबार प्रतितोला रु १७ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु १७ सय ९५ निर्धारण भएको छ । रासस




Comments are closed.