काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघको नयाँ कार्यसमितिको लागि शुक्रबार भएको निर्वाचनबाट शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघु नन्दन मारु अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । संघको २० औं वार्षिक साधारण सभाले आगामी ३ वर्षको लागि मारु लाई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष मारु विगत लामो समय देखि सिमेन्ट उद्योगमा आवद्ध छन् ।
नेपाल सिमेन्टमा आत्मनिर्भर हुँदै गर्दा सिमेन्ट उद्योगसंग सम्बन्धित दिर्घकालिन तथा अल्पकालीन समस्याको समाधान, स्थायित्व गुणस्तरीय उत्पादन, बजार व्यवस्थापन लगायतमा निजि क्षेत्रबाट सिमेन्ट उत्पादक संघ र सरकार बीच सहकार्य गरी अघि बढ्ने अध्यक्ष मारुले प्रतिवद्धता जनाएका छन् ।
सबै सिमेन्ट उद्योगीलाई साथमा लिएर यस क्षेत्रमा देखा परेका चुनढुङ्गा उत्खनन्, वन, विद्युत, बैंङकिङ तथा स्थानीय समस्या लगयत विभिन्न चुनौतीलाई सम्बन्धित निकायसंग समन्वय गर्दे अघि बढ्ने अध्यक्ष मारु बताउँछन् । नेपाल सिमेन्ट उत्पादक संघको २० औं वार्षिक साधारण सभाबाट नयाँ कार्यसमितिको चयन गरिएको हो ।
नयाँ कार्यसमितिको अध्यक्षमा रघु नन्दन मारु, निवर्तमान अध्यक्ष धुव्र थापा, उपाध्यक्ष तारा पोखरेल तथा विकास दुगड, महासचिव राजाराम खड्का तथा कोषाध्यक्षमा अरुण कर्ण रहेका छन् ।






Comments are closed.