काठमाडौं । सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य आज तोलामा रु २३ सयले घटेको छ ।
सोमबार प्रतितोला रु १ लाख ५० हजार कायम भई सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु १ लाख ४७ हजार ७ सय निर्धारण भएको छ ।
तेजाबी सुन प्रतितोला रु १ लाख ४७ हजार कायम भएको छ । सोमबार तेजाबी सुन प्रतितोला रु १ लाख ४९ हजार ५ सयमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा रु ६० ले घटेको छ । सोमबार चाँदी प्रतितोला रु १ हजार ७८५ मा कारोबार भएकामा आजका लागि रु १ हजार ७२५ निर्धारण भएको छ । रासस






Comments are closed.