पोखरा–२६ को सार्वजनिक सुनुवाई सम्पन्न

लेखनाथ । सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि पोखरा महानगरपालिका वडा नं २६ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ को योजना तथा कार्यक्रमको समिक्षा गर्दै यस आर्थिक वर्ष २०८१/८२ को योजना तथा कार्यक्रमको वडा नं २८ ले सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत सार्वजनिक गरेको हो ।

कार्यक्रममा वडाध्यक्ष नरेन्द्र थापाले वडाको विकासको लागी भौतीक पुर्वाधारहरुको विकास मात्रै नभएर मानवीय संसाधनको विकास पनि महत्वपुर्ण भएको वताउँदै वडाले यसलाई प्राथमिकता दिएको र आगामी दिनका लागी पनि यसप्रकारका निति तथा कार्यक्रमहरु सञ्चालन गरिने बताएका छन् । यसैगरी वडाको कार्य प्रगतीका बारेमा वृत्त चित्र समेत प्रस्तुत गरिएको कार्यक्रममा उपस्थित वडाबासीले चालु आर्थिक वर्षमा सडक, बत्ती, सुरक्षा, स्वास्थ्य, शिक्षा, सार्वजनिक जग्गा सुरक्षा लगायतका विविध विषयमा जिज्ञासा राखेका थिए ।

नागरीकबाट प्रस्तुत जिज्ञासाका बारेमा स्पष्ट पार्दै वडाध्यक्ष नरेन्द्र थापाले वडाको सार्वजनिक जग्गा, तालतलैया सम्पत्तिको संरक्षण गर्ने बताउँदै कुनै व्यक्तिको नाममा हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै यसका लागि वडावासीलाई सहयोग गर्न आग्रह गरे । थापाले वडाभित्र रहेको तालहरुमा सिमीत संस्था तथा व्यक्तिले कब्जा जमाएर लाभ लिइरहेकोमा अब सम्पुण्र्ण अधिकार वडा मातहत ल्याएर तालको विकास एवं सौन्दर्यकरण गर्ने विषयमा वडा कार्यालय अगाडी बढेको बताएका थिए ।

वडाध्यक्ष थापाले चालु आर्थिक वर्षदेखि डिजिटल मार्फत राजश्व सङ्कलन गर्ने बताउँदै वडा कार्यालय निर्माणका लागि टेन्डर समेत भइसकेको जानकारी दिए । पोखरा २६ सिलिङ्गेमा नै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्नका लागि आफू प्रतिवद्ध रहेको बताउँदै यसका लागि निर्माण समिति गठन गरी कार्यलाई अगाडि बढाइने जानकारी दिए । वडाले सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका वडावासी विनोद बावु वस्ताकोटीलाई साहसी युवाको रुपमा वडारत्न घोषणा गरि सम्मान गरिएको र उनको परिवारलाई नगद रु ५० हजार सहित कार्यक्रममा सम्मान गरिएको थियो ।

आफ्नो टोलमा सरसफाइ गर्न स्वयम टोलवासीको पनि जिम्मेवारी भएको बताउँदै चौपाया, कुकुर जस्ता जनावरहरु जथाभावी सडकमा नछोड्न पनि वडा अध्यक्ष थापाले आग्रह गरे । थापाले यस आर्थिक वर्षमा वडा भित्र रहेका आमा समूह, टोल विकास संस्था, युवा क्लब लगायतका सामाजिक संघ संस्थाहरुलाई अभिमुखिकरण गराएर मात्रै बजेट कार्यान्वयन गर्ने जानकारी दिए । वडाको विकासको लागी जनप्रतिनिधि, कर्मचारी र वडावासीहरु सबैको उत्तिकै महत्वपुर्ण भुमिका रहने वताउँदै सबैलाई एकजुट भएर लाग्न र विकासलाई राजनितिसँग नजोड्न वडाध्यक्ष थापाले आग्रह गरेका थिए । उनले गत आर्थिक वर्षमा भौतिक पुर्वाधारतर्फ वडाले उल्लेख्य प्रगति हासिल गर्न सफल भएको पनि दावी गरेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा वडाका सूचना अधिकारी नवराज सापकोटाले गत आर्थिक वर्षमा सम्पन्न भएका योजनाहरु, वडाबाट सम्पादन भएका सेवा प्रवाह र विकास निर्माणको प्रगती प्रतिवेदन प्रस्तुत गर्दै आ.ब.२०८०/०८१ मा वडा नं. २६ मा रु ३४ करोड ७ लाख २८ हजार कुल विनियोजि रकम भएको जानकारी दिए । वडास्तरीय योजना अन्तर्गत रु ८ करोड ११ लाख २८ हजार बजेट विनियोजन भएको र वडाबाट चालु र पुँजिगत समेत गरी ७८ प्रतिशत भुक्तानी भएको सापकोटाले बताए । यसैगरी महानगरस्तरिय बहुबर्षिय ठेक्कामा गएको योजना र बजेट अन्तरगत १६ करोड ५१ लाख रहेको बताउँदै सापकोटाले बुढीबजार देखि खराने, राखीडाँडा हुँदै सुर्केमैदान सम्मको बाटोलाई ११ करोड १७ लाख बजेट विनियोजित भएको बताए ।

त्यस्तैगरी प्रदेश सरकारबाट विनियोजित भएको बजेट रु ४ करोड ७० लाख बजेटको योजनाहरु उपभोक्ता समितिमार्फत सम्पन्न भएको जानकारी दिइएको छ । वडास्तरिय बजेट खर्च प्रस्तुत गर्दै सापकोटाले पूर्वाधार बिकास (पूँजिगत) तर्फ कुल विनियोजन भएको रकम रु ७ करोड ४७ लाख अठ्चालिस हजारमध्ये ५ करोड बाउन्न लाख १० हजार २६३ खर्च भएको भएको जानकारी दिए । यसैगरी कार्यक्रम तर्फ विनियोजन भएको ६३ लाख ८० हजारमध्ये ५० लाख १७ हजार तीन ३७५ खर्च भएको छ भने २ करोड ९ लाख ३६२ मौजदात रहेको जानकारी गराइएको थियो ।

यसैगरी वडा कार्यालयबाट भएका कार्य प्रगती अन्तरगत ३ हजार ७० मिटर सडक ढलान सम्पन्न भएको, २ हजार ९८७ मिटर सडक कालोपत्रे भएको, १ हजार २०९ मिटर नाला निर्माण कार्य सम्पन्न भएको, २ हजार २६९ मिटर कच्ची ट्रयाक निर्माण भएको जानकारी दिइएको हो । यसैगरी ७ सय मिटर सडक ग्राभेल भएको, ३१३ मिटर सिंचाई कुलो निर्माण भएको, ८ वटा कल्भर्ट निर्माण भएको, १२ वटा सार्वजनिक एवम् संस्थागत भवन निर्माण तथा मर्मत भएको सो अवसरमा बताइएको हो । सामाजिक सुरक्षातर्फ ४ करोड ५७ लाख २८ हजार १७० खर्च भएको जानकारी दिइयो ।

यसैगरी वडाभित्र ज्येष्ठ नागरिक संख्या ७०९, ज्येष्ठ दलित संख्या ७४, एकल महिला संख्या ८८, पूर्ण अपाङ्ग संख्या ३२, आशिंक अपाङ्ग ३३, दलित बालबालिका ९७ रहेका छन् । यसैगरी गत आर्थिक वर्ष असार मसान्तसम्म विभिन्न शीर्षकबाट २ करोड ३७ लाख १५ हजार ४२२ रुपैयाँ राजश्व सङ्कलन भएको छ । गत आर्थिक वर्षमा वडामा सामाजिक विकासतर्फ महिला सीप विकास, उद्घोषण तालिम, महिला सचेतना कार्यक्रम, क्षमता विकास तालिम कार्यक्रम, विभिन्न स्वरोजगारमुलक तालिमहरु सञ्चालन गरिएको थियो भने कृषितर्फ यान्त्रिक उपकरणहरु वितरण, मौरी घार वितरण,थोपा सिंचाई, ५० प्रतिशत अनुदानमा विभिन्न बालिहरुका उन्नत बिउबिजन वितरण, माटो परिक्षण शिविर सञ्चालन, माछाका भुरा बितरण, पूर्ण पशु खोप कार्यक्रम लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन् ।

वडामा स्वास्थ्यतर्फ ज्येष्ठ नागरिक आरोग्य कार्यक्रम, स्वास्थ्य आमा समुह सुदृढिकरण तथा अभिमुखिकरण कार्यक्रम, वडाभित्रका निजि तथा सामुदायिक विद्यालयमा विभिन्न स्वास्थ्य शिविर सञ्चालन, स्वास्थ्य चौकीलाई आवश्यक सामग्री सहयोग, विपन्न वर्गलाई वडाको सिफारिसमा निःशुल्क उपचारको व्यवस्था, स्वास्थ्य बिमाको प्रभावकारी बनाउन पहल र परिवार नियोजन घुम्ती कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रममा वडाभित्रबाट बिभिन्न चरणमा माग भई आएको योजना सङ्कलनका लागी योजना बैंकको स्थापना गरिएको छ भने यसरी सङ्कलन भएका योजनालाई प्राथमिकताको आधारमा कार्यान्वयन गर्दै जाने लक्ष्य वडाले लिएको छ । यसबाट गत आर्थिक वर्षमा ३४० योजना संकलन भएको र चालु आर्थिक वर्षमा १७६ योजना सङ्कलन भएको उक्त, अवसरमा जानकारी दिइएको छ ।

यस्तै वडाभित्र शिक्षातर्फ वडाअध्यक्षसँग बालबालिका कार्यक्रम, गण्डकी विश्वविद्यालयसँगको सहकार्यमा पढ्दै कमाउँदै कार्यक्रम, छात्रवृति प्रदान, वडा बाल सञ्जाल गठन, निशुल्क पाजठेयपुस्तक वितरण, भारतीय राजदुतावासमार्फत उपलब्ध बस वडाभित्रका २ विद्यालयहरुलाई प्रदान लगायतका कार्यक्रमहरुको सम्पन्न भएका छन् । सो अवसरमा पर्यटन तथा संस्कृति संरक्षणका विभिन्न कार्यक्रमहरु, समाजिक विकासतर्फका उल्लेख्य कार्यक्रमहरु, वडाको सेवालाई चुस्त दुरुस्त बनाउन एकद्धार प्रणालीमार्फत सेवा प्रवाह, नागरिक वडापत्र, गुनासो पेटीकाको व्यवस्था जनप्रतिनिधि र कर्मचारीसहितको घरदैलो कार्यक्रमका विषयमा जानकारी गराइएको छ । कार्यक्रमको सहजीकरण तथा सञ्चालन पत्रकार प्रकाश ढकालले गरेका हुन् ।

lcci
You might also like

Comments are closed.