काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३४ दशमलव २९ अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १ दशमलव १७ प्रतिशतले बढेर २ हजार ९५७ दशमलव ७५ को विन्दुमा कायम भएको हो ।
आज ३३२ कम्पनीको पाँच करोड १२ लाख ३० हजार ३४० कित्ता शेयर २ लाख ४४ हजार १९ पटक खरिदबिक्री हुँदा रु २३ अर्ब ४३ करोड ५ लाख ८१ हजार १५० बराबरको कारोबार भएको छ । जीवन बीमा समूह ० दशमलव ०८, लघुवित्त ० दशमलव ७० र म्युचुअल फन्ड ० दशमलव ९० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । आज वित्त समूहको उपसूचक सबैभन्दा बढी ७ दशमलव ६७ प्रतिशतले बढेको छ ।
बैंकिङ ० दशमलव ७२, विकास बैंक ३ दशमलव ०७, होटल तथा पर्यटन २ दशमलव ३७, जलविद्युत् १ दशमलव ९१, लगानी २ दशमलव ४९, उत्पादन तथा प्रशोधन ० दशमलव ६४, निर्जीवन बीमा ० दशमलव ७४, व्यापार ० दशमलव ३९ र अन्य समूह ० दशमलव ८३ प्रतिशतले बढेको छ । आज ९ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एउटा कम्पनीको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ८६ करोड ५८ लाख ५८ हजार ३०७ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा अपि पावर कम्पनी लिमिटेडको २२ लाख ३७ हजार १७२ कित्ता शेयर किनबेच भएको छ । रासस
Comments are closed.