काठमाडौं । लगातार उकालो लागेको सुनको मूल्यमा आज पुनः नयाँ ‘रेकर्ड’ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार बढिरहेको सुनको मूल्य आज स्थानीय बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाल सुन प्रतितोला रु १ लाख ५२ हजार ६ सय पुगेको छ । गत शुक्रबार प्रतितोला रु १ लाख ४९ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ३ हजारले वृद्धि भएको हो ।
शुक्रबार चाँदी प्रतितोला रु १ हजार ७६० मा कारोबार भएकामा आजका लागि भने १ हजार ८१० निर्धारण भएको छ । चाँदीको मूल्य पनि तोलामा रु ५० ले वृद्धि भएको हो । रासस




Comments are closed.