काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहीबार प्रतितोला रु १ लाख ५१ हजार ९ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु १ लाख ५१ हजार ४ सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले घटेको छ । विहीबार प्रतितोला रु १ हजार ८३० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु १ हजार ८१५ निर्धारण भएको छ । रासस




Comments are closed.